+
+

सुजाता कोइराला आइक्याप सह अध्यक्षमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १७ गते १८:३१

Sujata-koirala-At-ICAPE

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला एसियाली राजनीतिक पार्टीको अन्तराष्ट्रिय सम्मेलन (आइक्याप)को सह अध्यक्ष पदमा निर्वाचित भएकी छन् ।

अरवैजनको बाकुमा सम्पन्न भएको आइक्यापको तेस्रो साधारणसभाले महिला व्युरोको रुपमा कोइरालालाई सह अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

एसियाली राजनीतिक दलका शीर्ष नेताहरु र महिला नेतृहरुको तिन दिने सम्मेलन एसियाको आर्थिक बिकास र राजनीतिक सहकार्यमा निरन्तरता दिँदै सकिएको छ ।

यसअघि कोइराला आइक्यापको स्थायी समिति सदस्य र महिला व्युरोको उपाध्यक्ष समेत थिइन् । कांग्रेस विदेश बिभाग प्रमुख समेत रहेकी कोइरालाले आइक्यापको सह अध्यक्षको नयाँ भूमिकामा रहेर एसियाली राजनीतिक दलका महिला नेतृहरुको भूमिकालाई आगामी दिनमा अझ प्रभावकारी बनाउन प्रतिवद्ध रहेका बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?