+
+

एकजोडी सभासद किन उभिएनन् संविधानसभामा ?

४ असोज, काठमाडौं । नयाँ संविधान घोषणा गरेर राष्ट्रपति डा. रामवरण यादव संविधानसभाबाट बाहिरिने क्रममा सबै सभासदले सम्मानपूर्वक उभिएर उनलाई विदाइ गरे ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति बाहिर नगएसम्म उठेर विदाइ गर्न आग्रह गरेका थिए । त्यसैअनुसार प्रधानमन्त्रीदेखि सबै सभासद आ-आफ्नो स्थानमा उभिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज ४ गते १६:३६

श्रीधर पौडेल

Kamala Sharma and Resham Lama (4)४ असोज, काठमाडौं । नयाँ संविधान घोषणा गरेर राष्ट्रपति डा. रामवरण यादव संविधानसभाबाट बाहिरिने क्रममा सबै सभासदले सम्मानपूर्वक उभिएर उनलाई विदाइ गरे ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति बाहिर नगएसम्म उठेर विदाइ गर्न आग्रह गरेका थिए । त्यसैअनुसार प्रधानमन्त्रीदेखि सबै सभासद आ-आफ्नो स्थानमा उभिए ।

तर, राप्रपा नेपालका दुई सभासदले भने उठ्ने जाँगर चलाएनन् । सभासद कमला शर्मा र रेशम लामा आफ्नै सीटमा बसेर गफिरहेका देखिन्थे ।

राष्ट्रपतिलाई विदाइ गर्ने क्रममा किन नउठेको भन्ने प्रश्नमा सभासद रेशम लामाले अनलाइनखबरसँग भने- ‘हो र ? म उठिँन र ? मलाई त भाइले अहिले भन्दा पो थाहा भयो ।’
Kamala Sharma and Resham Lama (3)
अरु सभासदहरु उठिरहेका बेला दुई सभासद बसेको देखेपछि तस्वीर खिच्दै गर्दा दुबै सभासदले देखेर हाँसेका थिए ।

सभासद लामाले भने- ‘यो संविधान घोषणासँगै हाम्रो एजेण्डा सकियो, संविधानसभा होइन संविधानस्वाहा भयो, राष्ट्रपति प्रणालीप्रति आस्था नभएर, मन नमानेर होला ।’

सभासद कमला शर्माले भने ढाड दुखेकाले आफूले बैठकमै नजान चाहेको तर, प्रमुख सचेतक दिलनाथ गिरीले आउनुस् भनेकाले गएको बताइन् । उनले भनिन्, ‘सञ्चो नभएर नउठेकी हुँ ।’

थप तस्वीर हेर्नुहोस्

Kamala Sharma and Resham Lama (2)

Kamala Sharma and Resham Lama (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?