११ असोज, काठमाडौं । संस्कृति तथा पर्यटकमन्त्री कृपाशुर शेर्पाले नेपालका गुम्बाहरुमा चीनविरोधी गतिविधि भइरहेको बताएका छन् ।
भूकम्पमा भत्किएको बौद्ध स्तुप पुनर्निमाणका लागि चिनियाँ आर्थिक सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री शेर्पाले भने-‘केही गुम्बामा चीनविरोधी अवाञ्छित गतिविधि भइरहेको सूचना हामीकहाँ छ ।’ तर, उनले कुनकुन गुम्बामा त्यस्ता गतिविधि भएका छन् भन्ने बारे खुलाएनन् ।
चिनियाँ बुद्धिस्ट एसोसिएसनका अध्यक्ष सुचु चेङ नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई र दूतावासका कर्मचारी सहभागी कार्यक्रममा मन्त्री शेर्पाले नेपालको एक चीन नीतिविपरीत विवादास्पद अभिव्यक्ति दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4