+
+

पुस्तक प्रदर्शनीमा प्रचण्डले किने बिपीको आत्मकथा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते १३:३३

Pushpakamal Dahal Prachand

१३ असोज, काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस्तक प्रदर्शनीको अवलोकन गरी पाँचवटा पुस्तक खरिद गरेका छन् ।

पार्टी केन्द्रीय सदस्य एवम् प्रवक्ता दीनानाथ शर्माको ‘हिम फुलेको रात’ निबन्ध सङ्ग्रहको विमोचन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित कार्यक्रमपछि प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनीको अवलोकन गरेपछि पुस्तक किनेका हुन् ।

प्रचण्डले ‘बिपीको आत्मकथा’‘बिपीका उपन्यास’, ‘तारिणीप्रसाद कोइरालाका समग्र कथा’‘मार्क्सवादी साहित्य चिन्तन’ र पारिजातको ‘शिरिषको फूल’ गरी पाँचवटा पुस्तक खरिद गरेका हुन ।

“एक हजार ६७४ पर्ने पुस्तक ३० प्रतिशत सहुलियतमा एक हजार १७१ मा उहाँले खरिद गर्नुभयो”– प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?