+
+

सरकारलाई ब्यङ्ग्य गर्दै राजविराजमा भैंसी जुलुस

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते ६:५२

buffalo१८ असोज, राजविराज । तराईतिर एउटा भनाई छ ‘भैंसके आगे विन बजाए’ अर्थात जतीसुकै मिठो र सुरिलो बाजा बजाएपनि भैंसीले सुन्दैन ।

आन्दोलनरत मधेसी मोर्चा सप्तरीले वर्तमान सरकारलाई यस्तै नसुन्ने भैंसीको प्रतिक बनाई आइतबार राजविराजमा भैंसी जुलुस प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरुले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री बामदेव गौतमलाई भैंसीको प्रतिक बनाई बजार डुलाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

सीमाङ्कन र अधिकारको लागि ५० दिनदेखि जारी मधेस आन्दोलनको आवाज सरकारको कानमा नपरेको भन्दै उनीहरुले भैंसी जुलुस निकालेको बताए ।

स्थानीय शिव मन्दिरको प्राङ्गणबाट निकालिएको भैंसी जुलुस सहिद दशन चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?