+
+

तातोपानी सडक दुई दिनभित्र खुल्ने

१४ असोज, चौतारा । वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि झरेको पहिरोले क्षतविक्षत भएको अरनिको राजमार्गको चीनसँग जोड्ने तातोपानी नाकाको सडक दुई दिनभित्र खुलाइने भएको छ । बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किमी सडकको लिपिङसम्म सडक खुलाइसकिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते १६:३६

Tatopani (4)

  • फाइल फोटो

१४ असोज, चौतारा । वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि झरेको पहिरोले क्षतविक्षत भएको अरनिको राजमार्गको चीनसँग जोड्ने तातोपानी नाकाको सडक दुई दिनभित्र खुलाइने भएको छ ।

बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किमी सडकको लिपिङसम्म सडक खुलाइसकिएको छ । मितेरी पुलबाट एकसय मिटर यताको भागमा ठूल्ठूला ढुङ्गा पन्छाउने काम भएपनि इन्धनको समस्या सुल्झिएमा एक/दुई दिनभित्रै सडक खुलाउन सकिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजनल इन्जिनियर रामहरि पोखरेलले जानकारी दिएका छन् ।

छ वटा मेसिन प्रयोग गरिरहेका भन्दै इन्जिनियर पोखरेलले भने –“इन्धनको समस्या समाधान भए एक दुई दिनभित्रै सडक खोल्ने लक्ष्य छ ।”

सडकका विभिन्न भागमा पहिरो गएपछि अवरुद्ध सडकलाई चीन सरकारले गत साउनमा खुलाएपनि ठाउँठाउँमा पहिरो झरेर पुनः अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालयले भदौ २५ गतेदेखि पहिरो पन्छाउने काम गरिरहेकाले हाल लिपिङसम्म साना सवारी साधनसमेत सञ्चालन भइसकेको छ ।

लिपिङसम्म सडक खुलाइएको र इन्धन अभाव नभएमा तीन दिनभित्र सडक खुलाउन सकिने प्रमुख जिल्ला अधपकारी बलभद्र गिरीले जानकारी दिए । भूकम्पपछि बन्द भएको भन्सार र अध्यागमन कार्यालय पनि आइतबारदेखि तातोपानीबाटै सञ्चालन हुने भएको छ ।

कार्यालयको सामान ढुवानी गर्न सवारी साधनमा इन्धन भर्ने  व्यवस्था भइदिए आइतबारदेखि तातोपानीबाटै कार्यालय सञ्चालन गरिने भन्सार प्रमुख दिव्यराज पोखरेलले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?