१८ असोज, काठमाडौं । बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगमको क्षेत्रीय डिपोले इन्धन वितरण बन्द गरेको छ । तेलको मौज्दात न्यून भएपछि डिपोबाट तेल वितरण बन्द गरिएको निगमले जनाएको छ ।
विगत ५१ दिनदेखिको तराई-मधेस बन्द र १२ दिनदेखि जारी भारतीय नाकाबन्दीका कारण तेलको मौज्दात न्युन भएको अमलेखगञ्जका प्रमुख भानुभक्त खनालले जानकारी दिए ।
मौज्दात तेल कसरी वितरण गर्ने भन्ने विषयमा निगमको क्षेत्रीय बैठकले निर्णय गर्ने उनले बताए । अमलेखगञ्ज डिपोमा रक्सौलबाट इन्धन आउने गरेको छ ।
तर, आन्दोलनरत मधेसी मोर्चाले वीरगञ्ज र रक्सौल बीचको मितेरी पुलमा २४ सै घण्टा धर्नामा बस्दा र भारतले अघोषित नाककन्दी लगाउँदा समस्या भएको छ ।
भारतको रक्स्ाौल डिपो र बरौनीबाट अमलेखगञ्ज डिपोको लागि दैनिक १८ सय किलोलिटर डिजेल, सातसय किलोलिटर पेट्रोल, पाँचसय किलोलिटर हवाई इन्धन दैनिक आयात हुने गरेको थियो ।
प्रतिक्रिया 4