+
+

नेपालमा इन्धन ल्याउन पाँच प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २३ गते ७:०४

Nepal Oil Corporation (NOC)
२३ असोज, काठमाडौं । नेपाल आयल निगमले इन्धन आपूर्तिका लागि बिहीबार आह्वान गरेको ग्लोबल टेन्डर लागि दोस्रो दिनसम्म पाँचवटा प्रस्ताव परेका छन् । तीनदिने टेन्डरको अन्तिम म्याद शनिबार हो ।

निगम स्रोतका अनुसार सिंगापुर, यूएईका शारजाह, दुवईलगायतका स्थानबाट इन्धन आपूर्ति गर्न पाँच संस्थाले शुक्रबारसम्म प्रस्ताव गरेका छन् । आइतबार थप केही प्रस्ताव पर्ने अनुमान रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

निगमले अल्पकालीन नीतिअन्तर्गत डिजेल प्रतिदिन दुई सय किलोलिटर, पेट्रोल सय किलोलिटर, हवाई इन्धन र मटि्टतेल दुई-दुई सय किलोलिटर र एलपीजी ग्यास सय मेटि्रक टन आपूर्तिका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको हो ।
हवाईमार्ग वा स्थलमार्गबाट काठमाडौंमा तत्कालै पेट्रोलियम पदार्थ उपलब्ध गराउन स्वदेशी तथा विदेशी आपूर्तिकर्ता (सप्लायर्स) बाट प्रस्ताव माग गरिएको थियो ।

अघोषित नाकाबन्दी लगाएको भारतको भने टेन्डर प्रतिस्पर्धामा समेत अनुपस्थिति देखायो । डिपोको ट्यांकरबाट जहाजमा र फेरि जहाजबाट ट्यांकरमा इन्धन हालेर पठाउँदा पेट्रोलियम पदार्थको गुणस्तर बिग्रन सक्ने भन्दै भारतीय कम्पनीले प्रस्ताव हाल्न ‘आनाकानी’ गरेको छ ।

स्रोतका अनुसार भारतीय कम्पनीले नेपालका निजी क्षेत्रलाई पनि प्रस्ताव हाल्न असहयोग गरेको छ । ‘भारतीय कम्पनीले आफू पनि प्रस्ताव हालेनन्,’ निगम स्रोतले भन्यो, ‘निजी क्षेत्रले हाल्न खोज्दा पनि असहयोग गरेर नकारात्मक भूमिका खेलेका छन् ।’

निगमले १५ दिनका लागि खपत हुने गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एलपीजी ग्यास आपूर्ति गर्न टेन्डर आह्वान गरेको हो । ‘दोस्रो दिनसम्म अत्यन्त न्यून संख्यामा प्रस्ताव आएको छ’, निगमका कार्यकारी निर्देशक गोपाल खड्काले भने, ‘जुन संख्यामा आउनुपर्ने थियो, त्यो संख्यामा आउन सकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?