२४ असोज, काठमाडौं । नगरकोटमा क्लब हिमालयले दशैंको अवसरमा सञ्चालन गर्दै आएको चंगा चेट कार्यक्रम यो वर्ष स्थगित गरेको छ । मुलुकमा जारी असहज परिस्थितिका कारण चंगा चेट कार्यक्रम यस वर्षका लागि स्थगित गरेको हो ।
नगरकोट डाँडामा सञ्चालन हुँदै आएको चंगा चेट कार्यक्रम काठमाडौं उपत्यकाका स्थानीय तथा विदेशी पर्यटकहरुमाझ लोकपि्रय बनेको थियो । दिनभर हावा चल्ने भएकाले नगरकोट डाँडा चंगा उडाउनका लागि उपयुक्त मानिन्छ ।
हिन्दुहरुको महान चाड दशैंको प्रतिक मानिने चंगा उडान पछिल्ला वर्षहरुमा झण्डै लोप हुने अवस्थामा पुगेकाले क्लब हिमालयले आजभन्दा १३ वर्ष अघि चंगा चेट प्रतियोगिता शुरु गरेको थियो ।
देशको अवस्था छिट्टै सुधि्रने आशा गर्दै आगामी वर्षदेखि यो परम्परालाई निरन्तरता दिन हामी प्रतिवद्ध छौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4