+
+

प्रवासी नेपाली मन्च कुबेतमा पुनः थापा सर्वसम्मत

कुबेत । नेकपा एमाले बैदेशिक भातृ संगठन प्रवासी नेपाली मन्च कुबेतको अध्यक्षमा राजकुमार थापा पुनः सर्वसम्मत चुनिएका छन् । मञ्चको दोस्रो अधिबेशनले पुनः थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते ११:११

prawasi munch kubetनबराज पन्थी

कुबेत । नेकपा एमाले बैदेशिक भातृ संगठन प्रवासी नेपाली मन्च कुबेतको अध्यक्षमा राजकुमार थापा पुनः सर्वसम्मत चुनिएका छन् । मञ्चको दोस्रो अधिबेशनले पुनः थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यस्तै, नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा अमृता बान्तवा, दितीय उपाध्यक्षमा युवराज गैरे, तृतीय उपाध्यक्षमा नीरबहादुर नेपाली, महासचिवमा धिरेन्द्रजंग शाह, सचिवमा पवन कुमार वली र प्रेमबहादुर पुन तथा कोषाध्यक्षमा भक्त प्रवासी चुनिएका छन् ।

नेकपा एमाले पोलिब्युरो सदस्य एबम प्रबास ब्युरो इन्चार्ज बिन्दा पान्डेले अधिबेसनको उद्घाटन गर्दै  नयाँ सम्बिधानमा सबैको अधिकार समेटिएको बताइन् । उनले केही नमिलेको कुरामा संबिधान संशोधन गर्दै  अघि बढ्नु पर्ने उल्लेख गर्दै आन्दोलनले मात्र समस्या समाधान नहुने उल्लेख गरिन् ।

नयाँ संबिधान जारी गरेको बिरोधमा भारतले अघोषित नाकाबन्दी  गरेर नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको बिचार ब्यक्त गरिन् । भारतले नयाँ संबिधानमा समेट्न ७ बुदे सुझाब दिएको बिषयमा चर्चा गर्दै अंगिकृत नागरिकता भएकाहरु देशको  मुख्य पदहरुमा पुग्न पाउनु पर्छ भन्नु सरासर गलत भएको बताइन् ।

अधिबेसनमा एमाले केन्द्रिय सदस्य एबम मध्यपूर्व इन्चार्ज श्रीप्रसाद शाह, प्रबासी नेपाली मन्च ओमानका उपाध्यक्ष रामहरी गिरी लगायतले अधिवेशनको शुभकामना ब्यक्त गरे ।

अधिबेसन सफलताको कामना गर्दै कुबेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमाल, एनआरएनए कुबेतका अध्यक्ष अर्जुन तामांग, नेपाली जनसम्पर्क समिति कुबेतका महामन्त्री माधव शर्मा, जनप्रगतिशील मन्च कुबेतका महासचिब देव भुजेल, नेपाली एकता समाज कुबेतका अध्यक्ष अनिल रसाइली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

अधिबेसनमा राजकुमार थापाले राजनीतिक  प्रतिबेदन, नीरबहादुर परियारले आर्थिक प्रतिबेदन र झबिन्द्र बन्जाडेले सांगठनिक प्रतिबेदन पेश गरेका थिए । कार्यक्रम युवराज गैरेबाट स्वागत राजु थापाको अध्यक्षता, झबिन्द्र बन्जाडेको संचालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?