२४ असोज, काठमाडौं । नयाँ सरकार गठन हुँदै गर्दा पूँजी बजारमा त्यसको कुनै उत्साह देखिएन । आइतबार संसदमा नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया चलिरहँदा सेयर बजारमा तीब्र गिरावट देखिएको छ ।
दिनभरमा पूँजीबजार १८ अंकले झरेको छ । ४ दिनपछि साताको अन्तिम दिन शुक्रबार १२ अंकले सुध्रिएको नेप्से आइतबार फेरि रातो भयो ।
कारोबार भएका सबै समूह ओरालो लागेपछि सेयर बजारमा ठूलो गिरावट देखिएको हो । बैंकिङ समूह १९ अंकले रातो हुँदा बीमा समूह ५९ अंकले ओर्लियो ।
जलविद्युत ३४, होटल २३ र विकास बैंक १३ अंकले झरे भने टेलिकम सूचीकृत समूह १२ र वित्त ३ अंकले घटेको छ ।
दिनभरमा ६२ लाख २५ करोड रुपैयाँ बराबरको १२ लाख ६३ हजार सेयर कारोबार भए । कारोबारका आधारमा आइतबार बुटवल पावर कम्पनि अघि देखियो ।
यसैगरी एगि्रकल्चर डेभलपमेन्ट बैंक, एसियन लाइफ इन्स्योरेन्स लगायतका कम्पनिको कारोबार अन्यको भन्दा धेरै भयो ।
प्रतिक्रिया 4