+
+

एसएसबीद्वारा नेपाल प्रहरीका असईमाथि कुटपीट

२४ असोज, विराटनगर । भारतीय सीमा सुरक्षाबल एसएसबीले नेपाल प्रहरीका असईलाई दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएर कुटपीट गरेका छन् । एसएसबीका जवानहरुले एकथान पेस्तोल खोसेर लगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १७:०६

SSB

  • फाइल तस्वीर

२४ असोज, विराटनगर । भारतीय सीमा सुरक्षाबल एसएसबीले नेपाल प्रहरीका असईलाई दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएर कुटपीट गरेका छन् । एसएसबीका जवानहरुले एकथान पेस्तोल खोसेर लगेका छन् ।

एसएसबीका जवानहरुले असई प्रदीप गिरीलगायतलाई नियन्त्रणमा लिएर कुटपीट गर्दै हतियारसमेत खोसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले जानकारी दिए ।

एसएसबीको आक्रमणबाट असई गिरीसहित अरु सुरक्षाकर्मी पनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

रानी भन्सार नाका ठप्प पार्न भन्दै दसगजा क्षेत्रमा धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भइरहेका बेला एसएसबीले भारतीय भूमिमा लगेर कुटपीट गरेको खरेलले बताए ।

दुबै देशका सुरक्षाकर्मीहरु बसेर त्यसको अनुसन्धान गर्ने र हतियार फिर्ता लिने तयारी भैरहेको जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ । यसबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय मोरङमा बैठकसमेत बसीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?