+
+

मोदीले ओलीलाई दिए बधाइ, चिनियाँ राजदूत एमाले कार्यालयमा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १३:२४

KP oli & Narendra Modi telephone conversation

२४ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई दिएका छन् ।

मोदीले ओलीलाई टेलिफोन गरी प्रधानमन्त्री निर्वाचित भएकोमा बधाई दिएको भारतीय प्रधानमन्त्रीको कार्यालयको आधिकारिक ट्वीटर हृयाण्डलमा उल्लेख छ ।

यसैबीच एमाले सचिव प्रदीप ज्ञवालीले मोदीले टेलिफोन गरेर बधाई दिएको पुष्टि गरेका छन् । ज्ञवालीले भने-दुई देशबीचको सम्बन्ध सुधार हुने अपेक्षा उहाँले जनाउनुभएको छ ।

यसैबीच ओलीलाई बधाई दिन नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताई एमाले केन्द्रीय कार्यालय धुम्बाराही पुगेका छन् । प्रधानमन्त्री निर्वाचित भए लगत्तै ओली संसद भवन नयाँ बानेश्वरबाट सिधै पार्टी कार्यालय गएका हुन्. ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?