+
+

नवनिर्वाचित प्रधानमन्त्री ओलीको सपथ सोमबार १ बजे

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १४:२८

Kp Oli becomes New prime minister of nepal (11)

२४ असोज, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार सपथ लिने भएका छन् ।

सोमबार दिउँसो १ बजे सपथको कार्यक्रम तय गरिएको छ । ओलीले राष्ट्रपति डा. रामवरण यादव समक्ष पद तथा गोपनियताको सपथ लिनेछन् ।

आइतबार व्यवस्थापिका संसदमा भएको निर्वाचनले ओलीलाई ३८ औं प्रधानमन्त्री निर्वाचित गरेको थियो । एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहिको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

सभामुख सुवास नेम्वाङले शीतल निवास पुगेर संसदमा भएको प्रधानमन्त्री निर्वाचनको मत परिणाम जानकारी गराएका छन् । महासचिव मनोहर प्रसाद भट्टराई लिएर पुगेका निर्वाचन प्रक्रिया ऐतिहासिक भएको भन्दै सबै दल र सिंगो देशले संविधान स्वीकार गरेको बताएका छन् ।

जवाफमा राष्ट्रपतिले पनि खुसी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?