२५ असोज, काठमाडौं । सांसदहरुले सरकारको नेतृत्व गर्नेहरुको स्वास्थ्य परीक्षण गरेरमात्र जिम्मेवारी दिनुपर्ने जोड दिएका छन् ।
व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिमा उनीहरुले सत्तामा पुग्नासाथ उपचारका नाममा करोडौं रकम दुरुपयोग गर्नेक्रम बढेको भन्दै नियुक्तिअघि स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्ने बताएका हुन् ।
जथाभावी रकम खर्च गर्ने प्रवृत्ति निरुत्साहित गर्न आवश्यक विधि तय गर्नुपर्नेमा उनीहरुले जोड दिएको कारोबारमा खबर छ ।
बैठकमा सांसद मनोहरनारायण श्रेष्ठले प्रधानमन्त्री/मन्त्री बन्नेबित्तिकै उपचारका नाममा राज्यकोषको ठूलो रकम खर्च गर्ने परिपार्टी बढेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4