दोहा । मितेरी फिल्मस् साँस्कृतिक समुह कतारको चौंथो अधिवेशन गत शुक्रबार दोहाको टप र्फम रेष्टुरेन्टमा सम्पन्न भएको छ । अबिधेशनबाट रितकुमार श्रेष्ठको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
समूहको उपाध्यक्षमा विजय राणा, महासचिवमा ईमान सिं ठकुरी, सचिवमा जीवन संसार, कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, सह-कोषाध्यक्षमा मनकुमार श्रेष्ठ र कलाकार संयोजकमा बिनोद लामा सर्वसम्मत निर्वाचित भएका छन ।
त्यस्तै सदस्यहरुमा नानु घले, समिर सुनार, खगेन्द्र परियार, दीपक रोकाया, बीरेन्द्र लामा, पुष्पा बिसी र सोम चौधरी चयन भएका छन् ।
सुमान भारतीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ईमान सिं ठुकरीले गरेका थिए ।
अधिवेशनको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय कलाकार मन्च कतार शाखाका अध्यक्ष भविन्द्र तामाङ्गले प्रवासमा रहेर पनि नेपाली कला र सँस्कृतिलाई माया गर्दै संस्था यहाँसम्म आईपुग्ोको भन्दै भोलीका दिनमा पनि आईएएफसँग सहकार्य गर्दै अगाडि बढ्न आग्रह गरे ।
अतिथिहरुमा संस्थाका सल्लाहकार तथा चितवन युवा समूह कतारका अध्यक्ष भूमिराज कार्की, नेपाली कला केन्द्रका कृष्ण तिवारी, प्रवासी नेपाली सांगीतकि परिवारका शक्ती क्षेत्री , रिदम कला केन्द्रका गजेन्द्र मल्ल, अन्तराष्ट्रिय कलाकार समाजका बीर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रितकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
कतारका कलाकारहरु नानु घले, दीपक रोकाया र बिर श्रेष्ठको सांगितीक प्रस्तुतिले मनोरन्जन प्रदान गरेका थिए ।
प्रतिक्रिया 4