२५ असोज, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक विजयकुमार गच्छदारको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । सोमबार पार्टी अध्यक्ष गच्छदारले उपप्रधानमन्त्री र भौतिक योजना तथा निर्माणमन्त्रीको सपथ लिनेछन् ।
सोमबार अध्यक्ष गच्छदारले मात्रै सपथ लिने फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले जानकारी दिए ।
प्रधानमन्त्री निर्वाचन हुनु केही मिनेट अघि मात्रै ८ बुँदे सहमति गरेर गच्छदार एमाले अध्यक्ष केपी ओलीको पक्षमा उभिएका थिए । फोरम लोकतान्त्रिकले तीन मन्त्रालय पाउने बताइएको छ । मन्त्रालयको टुंगो लागिसकेपछि अरु मन्त्री छान्ने चौधरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4