२५ असोज, ललितपुर । ललितपुरको जावलाखेलमा सोमबार परम्परागत भोटो देखाउने जात्रा मनाइएको छ । वर्षा र सहकालका देवताको रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन जाउलाखेलमा भोटोजात्रा मनाउने गरिन्छ ।
राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपति डा. रामवरण यादव भोटो देखाउने जात्रामा सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि सरकार प्रमुखको हैसियतमा सो कार्यक्रममा सहभागी भए । ओली श्रीमती राधिका शाक्यसँगै जावलाखेल पुगेका थिए ।
सरकारका अन्य विशिष्ट अधिकारी र संवैधानिक निकायका प्रमुखहरु पनि कार्यक्रममा सहभागी हुने प्रचलन छ । विशिष्ट अतिथिहरुको आगमनलाई मध्यनजर गरी जावलाखेलसहित त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
नवनिर्बाचित प्रधानमन्त्री अोली समारोहका प्रमुख आकर्षक थिए । फूलमाला पहिरिएका अोलीसँग फोटो खिच्न सर्बसाधारण तछाडमछाड गरेका देखिन्थे । तर, सुरक्षाकर्मीहरूले रोक्ने गर्दथे । सर्बसाधारणहरूले माेबाइल र क्यामरामा अोली दम्पतीको फोटो खिचेर चित्त बुझाए ।
मच्छिन्द्रनाथको जात्रा करिब १६ सय वर्ष पुरानो मानिन्छ । जात्राको अवसरमा काठमाडौं उपत्यकामा सोमबार सरकारले सार्बजनिक विदा दिएको छ ।
प्रतिक्रिया 4