+
+

नेपाल बैंकको सेवा बिहानदेखि बेलुकासम्म

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २६ गते १०:३९

२६ असोज, पर्वत । दसैँको समयमा ग्राहकले घन्टौँसम्म लाइन लाग्ने समस्या भएपछि नेपाल बैंक लिमिटेड पर्वतले बिहानदेखि बेलुकासम्म सेवा सुरु गरेको छ ।

nepal bankग्राहकको सुविधालाई ध्यानमा राखेर सो बैंकले बिहान ९ बजेदेखि बेलुका ग्राहक रहेसम्मका लागि सेवा सुरु गरेको हो । बैंकले दिएको जानकारीअनुसार बिहान ९ बजेदेखि नै कार्यालय सुरु गरिएको छ भने बेलुका बैंकमा ग्राहक भएसम्म बन्द गरिँदैन ।

अघिल्ला वर्षहरुमा दसैँको समयमा बैंकमा चेक सटहीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न बिहानदेखि बेलुकीसम्म सेवा दिन थालिएको बैंकका शाखा प्रबन्धक यज्ञमूर्ति बस्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?