+
+

युवतीको काखमा मस्तसँग हात्ती सुतेपछि …

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २८ गते २२:०५

hatti

विचित्र घटनाहरु भैरहने यो दुनियामा असम्भव भन्ने शव्द सायद शव्दकोषबाटै लोप होला जस्तो छ । कुनै जादुगरको करामत भए त देखावटी भनेर नजरअन्दाज गर्न सकिन्थ्यो । तर साँच्चीकै एकजना युवतीको काखमा एउटा हात्तीको छावा मस्तसँग निदाएपछि हात्ती र मानिसबीच पनि भावनात्मक सम्बन्ध हुँदोरहेछ भन्ने कुरा पत्याउन करै लाग्छ ।

यो भिडियो थाइल्याण्डको हो । थाइल्याण्डको चियांगमाइस्थित चाइलाइ अर्किड नेचर रिटि्रटमा रहेको उक्त छावा एकजना युवतीको काखमा निदाइरहेको र उक्त छावालाई ती युवतीले मुसारिरहेको भिडियो अहिले यु ट्युबमा खुबै चर्चित बनिरहेको छ ।

ppp

उक्त चिडियाखानामा तिन हप्ता पहिले मात्र जन्मिएको उक्त छावालाई काखमा सुताउने युवती कुनै बाहिरी महिला होइनन् । सोही चिडियाखानामा त्यहीँ हात्तीको हेरचाह गर्ने कर्मचारी हुन् । उनको नाम एली हो । एली र उक्त छावाबीच यति छिटै यस्तो भावनात्मक सम्बन्ध बन्यो की छावा आफ्नो आमालाई छाडेर एलीको काखमा लुटुपुटु गर्ने र मस्तले निदाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?