+
+

सिटिजन्सको अध्यक्षमा शंकर शर्मा, चन्द्र टण्डन सञ्चालक

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २९ गते १७:५२

Citizens Bank International

२९ असोज, काठमाडौं । सिटिजन्स बैंक इन्टनेशनलको अध्यक्षमा शंकरप्रसाद शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको सञ्चालक समिति बैठकले शर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

बिहीबार बसेको बैंकको नवौं वाषिर्क साधारणसभाले संस्थापक शेयरधनीबाट सञ्चालकमा पाँच जनालाई चयन गरेको छ ।

सभाले संस्थापक शेयरधनीको समूह ‘क’ बाट चन्द्रप्रसाद टण्डन, बालकृष्ण प्रसाईं, पवित्रकुमार कार्की, चन्दा कार्की र समूह ‘ख’ बाट शंकरप्रसाद शर्मालाई सञ्चालक पदमा चार वर्षका लागि चयन गरेको हो ।

नवनियुक्त संचालक टण्डन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक हुन् ।

साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत सेयर र १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । साधारणसभाले राष्ट्र बैंकको निर्देशन अनुसारको पुँजी योजना स्वीकृत गरेको छ ।

यस्तै सभाले पुँजी वृद्धि योजना अनुसार बोनस सेयर वितरण गरी प्रिमियर फाइनान्सलाई प्राप्तीपछि कायम रहेको साधारण शेयर संख्याको १०ः५.५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि स्वीकृत गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले थप ७ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरी कुल निक्षेप ३५ अर्ब ७८ करोड पुर्‍याउन सफल भएको छ । त्यस्तै, कर्जा लगानी थप ६ अर्ब ३ करोड रुपैयाँ वृद्धि गरी २९ अर्ब २० करोड रुपैयाँ पुर्‍याएको छ ।

बैंकले गत आवमा खुद नाफा ४४.६१ प्रतिशले बढाएर ७२ करोड ३ लाख रुपैयाँ पुर्‍याउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?