+
+

पौडी खेल्न गएका युवक तमोर नदीमा बेपत्ता

१ कात्तिक, ताप्लेजुङ । मलामी गएको समयमा पौडी खेल्न तमोर नदीमा पसेका एक युवक डुबेर बेपत्ता भएका छन् ।

ताप्लेजुङ नगरपालिका १ तारिबुङका २७ वर्षका बिरबहादुर तोलाङ शनिवार दिउँसो नाङ्खोल्याङ ३ मा पर्ने तमोर नदीमा मलामी गएका अन्य साथीहरुसँग पौडी खेल्दै गर्दा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ७:४६

रविन भट्टराई

१ कात्तिक, ताप्लेजुङ । मलामी गएको समयमा पौडी खेल्न तमोर नदीमा पसेका एक युवक डुबेर बेपत्ता भएका छन् ।

ताप्लेजुङ नगरपालिका १ तारिबुङका २७ वर्षका बिरबहादुर तोलाङ शनिवार दिउँसो नाङ्खोल्याङ ३ मा पर्ने तमोर नदीमा मलामी गएका अन्य साथीहरुसँग पौडी खेल्दै गर्दा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

नाङ्खोल्याङकै एक मृतकको मलामी गएका तोलाङ साथीहरुसँग पौडी खेल्दै गर्दा डुबे पछि तत्काल खोजी गर्दा नभेटिएको उनिसंगै गएका आफन्तले बताएका छन् । बेपत्ता पछि प्रहरीलाई आफन्तले तत्काल खबर गरेका थिए । खबर पाए पछि नाङ्खोल्याङबाट एक प्रहरीको टोली गई खोजी कार्यमा खटे पनि नभेटिएको बताईएको छ ।

शनिवार साँझसम्म खोजी गर्दा पनि नभेटिएको र आइतबार बिहानैदेखि पुनः खोजी गरिने प्रहरीले बताएको छ । मृतक तोलाङकी श्रीमतीसहित सात वर्षका छोरा र दुई वर्षकी छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?