+
+

नेपालमा तेल नदिँदा भारतीय बजारमै अभाव, सीमावर्ती क्षेत्रमा लाग्यो लाइन

१ कार्तिक, फरेन्दा (भारत) । भारतको अघोषित नाकाबन्दीका कारण भारतीय नागरिकलाई नै सास्ती खेप्नु परेको छ । भारतीय नागरिकहरुले सिमाक्षेत्रका साथै अन्य स्थानमा पनि सहज रुपमा तेल नपाएपछि सास्ती खेप्नु परेको हो ।

भारतले नेपालमा सहज रुपमा तेल आपुर्ति नगरेपछि नेपाल भारतको सिमावर्ती क्षेत्र भारतको सोनौली, नौतनवा, भगवानपुर, कर्करहावाका साथै भारतको सिमाभन्दा टाढाको भित्री स्थान कुल्हुई, पुरुन्दपुर, फरेन्दा, सम्पतिया लगायतका क्षेत्रहरुका भारतीय नागरिकमा प्रत्यक्ष असर परेको छ ।

भारतको फरेन्दा क्षेत्रको (सिमा भन्दा टाढाको स्थान) एक पेट्रोल पम्ममा भेटिएका भारतको महाराजगंज जिल्ला फरेन्दाका विजय कुमारले भारतले नेपालमा सहज रुपमा तेल नपठाउँदा आफुजस्तो सर्वसाधरणले आफ्नै देशमा तेल लागि सास्ती खेप्नु परेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १ गते ११:२७

Tel Line Sunauli
सलमान खान
१ कार्तिक, फरेन्दा (भारत) । भारतको अघोषित नाकाबन्दीका कारण भारतीय नागरिकलाई नै सास्ती खेप्नुपरेको छ । भारतीय नागरिकहरुले सीमा क्षेत्रसहित विभिन्न स्थानमा सहज रुपमा तेल नपाएपछि सास्ती खेप्नुपरेको हो ।

भारतले नेपालमा तेल आपुर्ति नगरेपछि नेपाल भारतको सिमावर्ती क्षेत्र भारतको सोनौली, नौतनवा, भगवानपुर, कर्करहावाका साथै भारतको सिमाभन्दा टाढाको भित्री स्थान कुल्हुई, पुरुन्दपुर, फरेन्दा, सम्पतिया लगायतका क्षेत्रहरुका भारतीय नागरिकमा प्रत्यक्ष असर परेको छ ।

भारतको फरेन्दा क्षेत्रको (सिमा भन्दा टाढाको स्थान) एक पेट्रोल पम्ममा भेटिएका महाराजगंज जिल्ला फरेन्दाका विजय कुमारले भने- ‘भारतले नेपालमा सहज रुपमा तेल नपठाउँदा आफुजस्तो सर्वसाधरणले आफ्नै देशमा तेलका लागि सास्ती खेप्नु परेको छ ।’

तेल कारोबारीहरुले (तस्कर) पेट्रोल पम्मका कर्मचारीलाई रकम दिएर तुरुन्तै ठुलो परिमाणमा तेल लैजाने गरेको बताउँदै उनले आफु ३ सय रुपैयाँको तेल लिनका लागि घण्टौं लाइनमा उभिन परेको गुनसो गरे । ‘नेपालमा इन्धनको समस्या हट्यो भनेमात्र बल्ल आफुहरुले सहज रूप्लामा तेल पाउने छ’ उनले भने- ‘नभए यस्तै सास्ती खेप्नुपर्छ ।’

ग्यालेनमा तेल नदिन प्रशसानको उर्दी

नेपालमा तेलको चरम अभाव भएपछि ग्यालेन लिएर सिमापारी भारतमा पुगेर तेल ल्याउने नेपालीहरूको लहर हुने गरेको छ । भारतले ग्यालेनमा तेल नदिन उर्दी जारी गरेपछि नेपालीहरु रित्तै फर्किन बाध्य भएका छन् । भारतको सिमावर्ती महाराजगंज जिल्ला प्रशसानले ग्यालेनमा तेलको तस्करी भएको भन्दै ग्यालेनमा तेल नदिन उर्दी जारी गरेको हो ।

महाराजगंज जिल्लाका पुर्ति अधिकारी अजित कुमार त्रिपाठीले सिमानाको दुवै तर्फबाट भारतीय पेट्रोल पम्मबाट ग्यालेनमा इन्धन खरिद गरी स्टक गरेर तस्करी भइरहेको कारण सिमावर्ती क्षेत्रको नौतनवा र निचौलका सम्पुर्णका पेट्रोल पम्प व्यवसायीहरुलाई पत्र काटेर ग्यालेनमा इन्धन नदिन उर्दी जारी गरेका छन् ।

Tel Line Sunauli 3

उक्त पत्र भारतीय सुरक्षा निकायसहित महाराजगंज जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई समेत पठाइएको छ ।

भारतीय व्यवसायीको गुनासो

सरकारले ग्यालेनमा तेल नदिन उर्दी जारी गरेपछि आफुहरु समेत मारमा परेको नाम उल्लेख नगरिदिने आग्रहमा भारत महाराजगंज जिल्ला कुल्हुई क्षेत्रका एक पेट्रोल पम्प व्यवसायीले बताए ।

‘सरकारले ग्यालेनमा तेल दिन रोक लगाएपछि आफ्नो व्यापार समेत चौपट भएको छ’ उनले अनलाइनखबरसँग भने- ‘हामीले नेपालमा तेल अभाव नहुँदा पनि ग्यालेनमा तेल विक्री गथ्यौं र अहिले पनि हामीले पाउनुपर्छ, तर सरकारले ग्यालेनमा तेलनै विक्री नगर्न उर्दी जारी गरेर हामी व्यवासायी माथि ज्यादती गरेको छ ।’

उनले थपे- ‘सिमाबाट यदी तस्करी भइरहेको छ भने त्यो प्रशसानको रोक्ने काम हो, हामीले आफ्नो देशमा व्यापार त गर्न पाउनु पर्‍यो नि । हामीले विक्री गर्ने तेल ग्राहकले चाहे ग्यालेनमा लैजाउन वा कुनै सवारी साधनमा, यो सँग हामीलाई सरोकार भएन ।’ यहाँका पेट्रोलपम्प व्यवसायीहरुलाई त आफ्नै सरकारले दुःख दिइरहेको उनले गुनासो पोखे ।

तेलको तस्करी बढ्यो

भारतले नेपालमा तेल आपुर्ति असहज गरेपछि अहिले सिमावर्ती क्षेत्रका अधिकांश भारतीय नागरिकहरु तेल तस्करीमा लागेका छन् । भारतबाट नेपालमा तेल ल्याउनका लागि नेपालको सिमा क्षेत्रमा कुनै रोकछेक नभएपछि उनीहरुले सहज रुपमा नेपालमा तेल तस्करी गरिरहेका हुन् ।

Tel Line Sunauli 2

भारतीय प्रशसानले ग्यालेनमा तेल नदिन उर्दी जारी गरेपछि तस्करहरुले मोटरसाइकलको ट्रयांकीमै तेल हालेर नेपालमा तस्करी गरिरहेका छन् ।

भारतमा करिब एक सय दश रुपैयाँ प्रतिलिटर पाइने पेट्रोल तस्करहरुले नेपालको सिमावर्ती क्षेत्रमा खुल्ममखुल्ला ३ सय देखि ४ सय रुपैया प्रतिलिटर र सो भन्दा बढीमा मुल्यमा मुलुकको अन्य स्थानमा समेत तेल निर्यात गरिरहेका छन् ।

हिजो अलिकत तेल लिएर नेपालमा गएको थिए राम्रै कमाई भयो त्यसकारण आज पनि तेल लिन आएको छु भारतको पैसिहिया क्षेत्रको पेट्रोल पम्म भेटिएका महाराजगंजका १३ वर्षिय शिव जयसवाल रकम देखाउँदै अनलाइनखबरसगँ भने ।

अहिले भारतबाट नेपालमा विद्यार्थी देखि लिएर रिक्साचालक सम्मले तेलको तस्करी गरिरहेका छन् । नेपालमा तस्करी गर्ने तेलमा तस्करहरुले विशेष गरी तारपीनको तेल र तत्कालको लागि पानी समेत मिसावट गरी विक्री गरिरहेको तस्करबाट ठगिएका भैरहवाका उमेश यादवले बताए ।

ग्यालेनमा तेल नदिन जारि भएको उर्दी

Tel Line Sunauli 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?