कोलोराडो । हिन्दुहरुको महान चाड विजया दशमी तथा दीपावलीको उपलक्ष्यमा कोलोराडोमा दशैं तिहार शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टरको आयोजनामा भएको कार्यक्रममा कोलोराडोमा क्रियाशील संघ संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अधिकांश वक्ताहरुले देश विदेशमा रहेका सबै नेपालीहरुलाई शुभकामना दिँदै भूकम्पले बनाएको घाउमा खाटा बस्न नपाउँदै भारतले नाकावन्दी लगाएर घाउमा नुन चुक लगाउने काम गरेको धारण व्यक्त गरे । भारतले अनावश्यक दुःख दिएको भन्दै देश विदेेेशबाट अघोषित नाकाबन्दीविरुद्ध बिरोध तथा दवावको कार्यक्रहरुसँगै लैजानुपर्ने बताए । उनीहरुले नेपालको अवस्था अहिले ज्यादै कहालीलाग्दो रहेको बताउँदै नवदुर्गा भवानीको आर्शिवादले यो समस्याको चाडैनै अन्त्य हुने आशा व्यक्त गरे ।
नेपाली कांग्रेस गोरखाका पूर्व जिल्ला सभापति बुद्धी लामिछाने, नेपाली जन सम्पर्क समिति पूर्व केन्द्रीय सदस्य जगन्नाथ गौतम, नेपाली घरका अध्यक्ष योगराज गौतम, तमुधिं कोलोराडोका अध्यक्ष चन्द्र गुरुङ, एनआरएन कोलोराडोका अध्यक्ष बासुदेव खनाल, रकी माउन्टेन फ्रेण्ड्स नेपालका पूर्व अध्यक्ष तथा बोल्डर काउन्ट्री कार्यकारी सदस्य सुुरेन्द्र श्रेष्ठ, नेवाः खलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, आयोजक संस्थाका सल्लाहकार बिनोद गौली, उपाध्यक्ष नीरा गौतम लगायतका रहेका थिए ।
कार्यक्रम नेपाली जनसम्पर्क समिति कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारीले नेपाली कांग्रेसले सधैं दशैं तिहार तथा छठको अवसरमा नेपालमा चियापान कार्यक्रम गरेजस्तै आफूहरुले पनि वर्षेनि चियापान गरिने बताए ।
प्रतिक्रिया 4