+
+

यो हो अनौठो च्याउ, जसले महिलालाई दिन्छ तत्काल यौन आनन्द

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २ गते ११:२७

Mosroom
वैज्ञानिकहरुले एउटा यस्तो च्याउ पत्ता लगाएका छन् जसले महिलाहरुमा तत्कालै चरम सुख पैदा गरिदिन्छ ।

आकार पनि ठ्याक्कै पुरुषको यौनांग जस्तै रहेको यो च्याउको नाम फ्यालस इन्डुसियाटस राखिएको छ । अमेरिकाको हवाइमा सन् २००१ मै दुइजना वैज्ञानिकहरुले जोन ह्यालिडे र नोह सोलले पहिलोपटक यो च्याउमा यौन आनन्द पैदा गर्ने तत्व रहेको पत्ता लगाएका थिए ।

शोधका क्रममा उनीहरुले यो च्याउको धुलो महिला र पुरुष दुबैलाई सुँघ्न लगाएका थिए । त्यसपछि उनले त्यसरी धुलो सुँघ्ने महिला र पुरुष सबैको उत्तेजनाको स्तरको मापन गरे ।

त्यसक्रममा च्याउको धुलो सुँघ्ने महिलाहरुमा उत्तेजना बढि भएको पाइयो र ती मध्ये आधाजसोमा त निरन्तर चरमसुख प्राप्त भएको पाइयो ।

तर पुरुषको यौन उत्तेजनामा भने यसले सकारात्मक प्रभाव पारेन । पुरुषहरुले त उल्टै च्याउको धुलोको गन्ध निकै खराब रहेको बताए ।

यसबाट शोधकर्ताहरुले उक्त च्याउमा हुने तत्व जसका कारण त्यसको गन्ध सिर्जना हुन्छ त्यो तत्व यौनबर्धक रहेको र त्यसले महिलामा यौन उत्तेजना तथा चरम सुखमा वृद्धि गर्ने निष्कर्ष निकाले । यो सम्बन्धी शोध इन्टरनेसनल जर्नल अफ मेडिकल मेडिसिनमा छापिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?