+
+

सरकारी कार्यालय खुल्दा चहलपहल बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ८ गते १२:३७

८ कात्तिक, काठमाडौँ । दसैँ बिदामा बन्द रहेका सरकारी कार्यालय आजदेखि खुलेका छन् । आश्विनशुक्ल सप्तमीका दिनदेखि द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुलेका हुन् । सरकारी कार्यालय खुलेसँगै काठमाडौँ उपत्यकामा अहिले विस्तारै चहलपहल बढन् थालेको छ ।

दसैँमा लाखौँको सङ्ख्यामा राजधानीबाट बाहिरिएपछि प्रायः सुनसानजस्तै बनेको काठमाडौँमा भिडभाड बढ्न लागेको छ । काठमाडौँ उपत्यका बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हातबाट दसैंमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत फर्केपछि उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । यद्यपि उपत्यका बाहिर रहेका कतिपय सर्वसाधरणको आउने क्रम भने तिहार तथा छठ पर्वपछिसम्म कायम रहनेछ ।

यसैबीच उपत्यकाका विभिन्न पेट्रोल पम्पमा बिहानैदेखि तेल पाउने आसमा सर्वसाधरण लामबद्ध भएका छन् । भद्रकालीस्थित नेपाली सेनाको पम्पमा हजारौँको सङ्ख्यामा दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सवारी साधनको लाम लागेको छ ।

भद्रकालीदेखि थापाथलीसम्म मोटरसाइकलको लाइन पुगेको छ । त्यस्तै नक्सालस्थित प्रहरी पम्प, साझा पम्पलगायत केही निजी पम्पमा पनि सवारी साधनको लामो लाइन देखिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?