+
+

इन्धन अभावले भूकम्पपीडितलाई राहत बाँड्न कठिनाईः राष्ट्रसंघ

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ८ गते १४:३७

८ कात्तिक, काठमाण्डौ । संयुक्त राष्ट्रसंघले भारतले गरेको अघोषित नाकाबन्दी र त्यसबाट सिर्जित इन्धन अभावले नेपालमा भूकम्प पीडितका लागि अत्यावश्यक सामग्री आपूर्तिमा कठिनाइ उत्पन्न भएको जनाएको छ ।

un logoसंयुक्त राष्टसंघको मानवीय सहायता समूहले भूकम्पप्रभावितहरुको लागि अत्यावश्यक सामग्रीहरु वितरण गर्न ढिलो हुँदै गएको जनाएको छ ।

‘सेप्टेम्बरदेखि इन्धनको अभाव हुँदा जाडोयामका लागि चाहिने वस्तुहरुको आपूर्ति प्रक्रिया अवरुद्ध  भएको छ’ समूहले भनेको छ- ‘जोखिममा रहेको परिवारहरुलाई हिउँद नलाग्दै अत्यावश्यक वस्तुहरु आपूर्ति गर्नको लागि इन्धन अभावको अन्त्य हुनु अत्यावश्यक छ ।’

समूहका संयोजक ज्यामी म्याकगोल्डरिकका अनुसार यो काम समयमै गर्न सकिन्छ तर इन्धनको अभावले गर्दा सहायता सामग्रीहरुको वितरणमा असर परेको छ । हिउँ पर्नुअघि नै अत्यावश्यक सामग्रीहरु प्रभावित क्षेत्रमा आपूर्ति गर्नुपर्नेमा समूहले जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?