+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६४ बलमा ११३ रन आवश्यक
चितवन राइनोज 2025
57/4 (9.2)
Shares

वीरगञ्ज नाकामा यसरी फस्यो नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १६ गते २२:०८

Birganj-Vansar

१६ कात्तिक, काठमाडौं । भारतले अघोषित नाकाबन्दी लगाएको दुई महिनापछि सोमबार एकाविहानै प्रहरीले हस्तक्षेप गरेर वीरगञ्ज नाका खुलायो ।

सबैभन्दा संवेदनशील र नेपाल आयातको मुख्य नाका खुलेको खबरले भारततर्फ रोकिएका इन्धनसहितका नेपाली मालवाहक गाडीहरु भित्रिने आशा जागृत भयो । तर, यो आशा तत्कालै तुहियो, किनकी यसमा अर्कै खेल थियो ।

नाकमा खुल्नासाथ भारतीय भूमिमा रहेका नेपाली गाडी भित्र्याउने होइन, वीरगञ्जमा अलपत्र परेका भारतीय गाडीहरु पास गराउने क्रम सुरु भयो ।

झण्डै ५ घण्टा वीरगञ्ज रक्सौल नाका खुल्यो । वीरगञ्जमा रहेका २१९ भारतीय गाडीहरुलाई प्रहरीले सुरक्षा दिएर सीमा कटायो । तर, एउटा पनि गाडी पनि नेपाल भित्रिएन । भारतीय गाडी पार हुनासाथ आन्दोलनकारीले फेरि मितेरी पुल कब्जामा लिए ।

सोमबारको घटनामा भारतले एक साथ दुई शिकार गरेको छ । पहिलो उसले वीरगञ्जमा महिना दिनदेखि फसेका आफ्ना गाडीहरुलाई फुत्काएर लगेको छ ।

नेपालमा फसेका गाडीका चालकहरुले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा स्वदेश फर्काउन माग गर्दै धर्ना दिइरहेका थिए । तर, यो भन्दा ठूलो उसको उपलब्धी हो थकित बन्दै गएको आन्दोलनलाई पुनः चर्काउन सफल हुनु ।

आइतबार मात्र सरकार र मधेसी मोर्चाबीच भएको वार्ता निकै सकारात्मक भएको थियो । तरर, वीरगञ्ज घटनाले वार्ताभन्दा आन्दोलन चाहनेलाई मसला दिएको छ ।

वीरगञ्ज नाकामा प्रहरीले हस्तक्षेप गर्दा त्यहाँ आन्दोलनकारीका नाममा १२-१३ जना सुतिरहेका थिए । प्रहरी आएको देखेपछि उनीहरुमध्ये ७ जना कुद्दै भारततर्फ लागे भने ५ जनालाई प्रहरीले पक्राउ गर्‍यो । तर, बल प्रयोग गरेर नाका खाली गराएको प्रचार गर्दै आन्दोलनकारीलाई उत्तेजित तुल्याउने काम गरियो ।

सोमबार वीरगञ्जमा एक जनाको मृत्यु भइसकेको छ । मृतक भारतीय नागरिक हुन् । यसले नेपाल भारत सीमामा भइरहेको आन्दोलनमा सीमा क्षेत्रमा बस्दै आएका भारतीय नागरिकहरुको संलग्नतालाई भने प्रष्ट पारेको छ ।

हिंसा भड्काएर प्रहरीलाई बल प्रयोग गर्न वाध्य पार्नु र प्रहरीले बल प्रयोग गर्‍यो भनेर देशभरका आन्दोलनकारीलाई उत्तेजित बनाउने अभिष्ट देखिन्छ ।

भारतीय जालमा नेपाल कसरी फस्यो ? 

बिहारमा जारी चुनावका कारण पछिल्लो दुई दिन नेपाल र भारत दुवै तर्फको सीमा नाका सिल गरिएको थियो । सधैं दुई देशबीचको दशगजामा थुपि्रने गरेका आन्दोलनकारीहरु सीमा सिल गरिएका कारण त्यहाँ थिएनन् ।

नेपालतर्फ पनि आन्दोलनकारीको कुनै चहलपहल थिएन । यहि मौकामा भारतले आफ्ना गाडीहरुलाई छिराउने जाल विछ्याएको हो । भारतको स्थानीय प्रशासनले पर्साका अधिकारीहरुलाई आन्दोलनकारी हटाएर भारतीय गाडीहरु छिराएमा नेपालका गाडीहरु पनि पठाइदिने आश्वासन दिएको स्रोतको दावी छ ।

भारतीय आश्वासनपछि पर्साका जिल्ला प्रशासन प्रमुख केशवराज घिमिरेले प्रहरीलाई आन्दोलनकारी हटाउन निर्देशन दिए । उनले यस विषयमा केन्द्रमा सल्लाह गरे कि गरेनन् भन्ने प्रष्ट छैन ।

तर, गृहसचिव सुर्य सिलवाल भने सरकारकै निर्देशनमा आन्दोलनकारीलाई हटाएर भारतीय गाडी पठाइएको दावी गर्छन् । ‘हामीले आफ्नै स्वविवेकका आधारमा सीमा खाली गरेर भारतीय गाडीहरु पठाइदिएका हौं’ अनलाइनखबरसित सिलवालले भने-‘भारतीय पक्षको आग्रहमा होइन, हामी आफैंले सोचविचार गरेर चालेको कदम हो ।’ यो निर्णय सरकारको कुन तहबाट भएको हो भन्ने उनले खुलाउन चाहेनन् ।

भारतले नेपालका सयौं गाडीहरु थुनिरहँदा नेपालले उनीहरुका गाडी पठाउन किन हतारो गरेको भन्ने प्रश्नमा सिलवालको आफ्नै तर्क छ । ‘भारतले नेपालतर्फ अवरोध भएकाले गाडी पठाउन नसकेको दावी गर्दै आएको छ’ गृह सचिव सिलवालले भने-उसका गाडीहरु पठाइदिएर के प्रमाणित गर्न खोजेका हौं भने नेपालतर्फ कुनै अवरोध छैन । यसबाट नेपालका गाडीहरु पठाउन उसलाई दवाव पर्छ भन्ने हाम्रो विश्वास हो ।’
तर ‘नकच्चरो कुटनीति’ को सफल अभ्यास गर्दै आएको भारतप्रति गृहसचिवले राखेको विश्वास सार्थक हुने कुनै सम्भावना थिएन ।

आन्दोलनमा भारतीय नागरिक

वीरगञ्जमा भएको झडपका क्रममा मारिने व्यक्ति भारतीय रहेको खबरसँगै सीमाकेन्दि्रत अवरोध भारतीय नागरिकको संलग्नता प्रमाणित भएको छ । विहान प्रहरीले पक्राउ गरेका पाँच मध्ये दुई भारतीय नागरिक नै थिए ।

भारतीय अगूवाईमा भएको आन्दोलनलाई नेपालले कठोरताका साथ डिल गर्नुपर्ने सुरक्षाविदहरु बताउछन् । नाम उल्लेख नगर्ने सर्तमा एक सुरक्षाविद्ले भने-‘यो आन्दोलन नेपालीहरुले गरेको होइन भन्ने यहाँभन्दा अर्को प्रमाण के चाहिन्छ ?’

उनले जसरी भए पनि आन्दोलनकारीलाई हटाएर सीमा नाका खाली गर्न सरकारलाई सुझाव दिएका छन् । उनले भने-‘प्रहरीले चाहे सीमा नाका खुला गर्न सक्दो रहेछ भन्ने प्रमाणित भएको छ, अब उनीहरुलाई नेपालको सिमामा ढिम्किन दिनु हुँदैन ।’

यो पनि पढ्नुस्

वीरगञ्जमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

मधेस आन्दोलनमा भारतीय संलग्नता प्रमाणित

वीरगञ्जमा तनाव बढ्दा ‘इण्डिया हाउस’ मा यस्तो चिन्ता

भारतले भन्योः वीरगञ्जमा ‘निर्दोष’ भारतीय मारिए

वीरगञ्ज नाकामा यसरी फस्यो नेपाल

सरकारसँगको वार्ता भङ्ग हुन सक्ने मधेसी मोर्चाको चेतावनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?