+
+
Shares

मधेस आन्दोलनमा भारतीय संलग्नता प्रमाणित

१६ कात्तिक, काठमाडौं । वीरगञ्जमा प्रहरीसित झडप हुँदा भारतीय नागरिकको मृत्यु भएको र मितेरी पुलको धर्नामा दुई भारतीय पक्राउ परेको घटनाले एकैसाथ धेरै प्रश्नहरुको जवाफ दिएको छ । मधेस आन्दोलन कसको प्रायोजन र संलग्नतामा भइरहेको छ भन्ने यो भन्दा भद्या पर्दाफास अर्को हुन सक्दैनथ्यो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १६ गते २३:५८

चिरञ्जीवी पौडेल

१६ कात्तिक, काठमाडौं । वीरगञ्जमा प्रहरीसित झडप हुँदा भारतीय नागरिकको मृत्यु भएको र मितेरी पुलको धर्नामा दुई भारतीय पक्राउ परेको घटनाले एकैसाथ धेरै प्रश्नहरुको जवाफ दिएको छ । मधेस आन्दोलन कसको प्रायोजन र संलग्नतामा भइरहेको छ भन्ने यो भन्दा भद्या पर्दाफास अर्को हुन सक्दैनथ्यो ।

india-s-spectacular-policy-failure-in-nepal-802-x-460

एउटा देशभित्र राजनीतिक मागहरु लिएर भइरहेको आन्दोलनमा अर्को देशका नागरिक मारिनु सामान्य घटना होइन । मधेस आन्दोलनमा भारत प्रत्यक्षरुपमै संलग्न छ भन्ने अर्को प्रमाण अब खोजिरहनुपरेन । भारतीय नागरिकलाई दशगजामा गाली लागेको होइन, उनी वीरगञ्ज नगरपालिकाभित्र भएको झडपमा मारिएका हुन् ।

आन्दोलनकारी भनिने समूहले भारतको सीमामा उभिएर नेपाली प्रहरीलाई ढुंगा वषर्ाउनु, नेपालको भूमिभित्र भएको प्रहरी धरपकडमा दुई भारतीय नागरिकहरु पक्राउ पर्नु र नेपाली प्रहरीमाथि आइलाग्दा भारतीय नागरिकको मृत्यु हुनु जस्ता तीन संवेदनशील घटना एकै दिन भएका छन् ।

वीरगञ्जमा भएको आन्दोलनमा आफ्ना निर्दोष नागरिकको मृत्यु भएको भन्दै भारतले विज्ञप्ति जारी गरेको छ । जबकि उसले निर्दोष भनेका व्यक्ति नेपालमा बसेर आन्दोलनको आगूवाइ गर्दै नेपाली प्रहरीमाथि ढुंगामुढा गर्न तल्लीन थिए । आफ्ना नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गर्नुभन्दा पहिले उसले आन्दोलनमा आफ्ना नागरिक संलग्न रहेकोप्रति क्षमायाचना गर्नुपथ्र्यो । तर, भारतबाट यस्तो अपेक्षा अलि बढी नै हुन्छ सायद ।

आन्दोलनमा भारतीयको घुसपैठलाई लिएर नेपालले उसित स्पष्टीकरण सोध्नुपर्ने धारणा राख्छन् अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा. युवराज संग्रौला । उनी भन्छन्-‘अहिलेसम्म जुन कुरा हामीले भन्दै आएको थियौं, त्यो आज खुला रुपमा प्रमाणित भएको छ । भारतीयहरुकै संलग्नता र अगूवाइमा आन्दोलन भइरहेको पुष्टि भइसकेपछि यो विषयमा परराष्ट्रमन्त्रीले तत्कालै भारतीय राजदूतसित प्रष्टीकरण लिनुपर्छ ।’

तर, अहिलेसम्म नाकाबन्दी भन्ने शब्द नै उच्चारण गर्न नसकेका र भारतविरुद्ध संकलित हस्ताक्षर बुझ्नेसम्म साहस नगर्ने परराष्ट्रमन्त्रीले भारतीय राजदूतसित स्पष्टीकरण लिने अपेक्षा गर्नु पनि अलि बढी नै हुनेछ ।

भारतीय नागरिक आन्दोलनमा संलग्न रहेको पुष्टि भइसकेको अवस्थामा नेपालले अब सीमा क्षेत्रमा नयाँ रणनीति अपनाउनुपर्ने संग्रौलाको सुझाव छ । उनले भने-‘अब सीमामा व्यापक संख्यामा प्रहरी परिचालन गरेर आन्दोलनकारीलाई घेरा हाल्नुपर्छ । लाठीचार्ज वा अश्रुग्यास हानेर घेरा हालेपछि सामुहिक रुपमा पक्राउ गरी उनीहरुको नागरिकता हेर्नुपर्छ ।’

सीमाक्षेत्रमा भारतको एसएसबी जस्तै गरी सशस्त्र प्रहरीलाई छ्याप छ्याप्ती परिचालन गर्न उनको सुझाव छ ।

‘ढुंगा हान्न दिनु आक्रमणसरह’

भारतले आफ्नो देशको सीमाबाट आन्दोलनकारीलाई नेपालतर्फ ढुंगा हान्न छुट दिइरहेको छ । भारतीय प्रहरीकै नाकमुनीबाट नेपाली प्रहरीलाई ढुंगामुढा गरिएको घटना सामान्य झै भइसकेका छन् । तर, अन्तर्राष्ट्रिय कानूनलाई मध्यनजर गर्दा यो सामान्य नभएर अत्यन्त असामान्य घटना हो ।

कुनै पनि देशले आफ्नो सीमाबाट अर्को देशमा ढुंगा हान्न छुट दिनु भनेको अर्को देशमाथि हमला नै गरेसरहको अपराध हो भन्छन् अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा.संग्रौला ।

भारतीय प्रहीले यसरी ढुंगा हान्ने आन्दोलनकारीलाई नियन्त्रण होइन, संरक्षण गर्दै आइरहेको छ भन्दै उनले भारतकोे यस्तो कर्तुतको पर्दाफास अन्तर्राष्ट्रिय समुदायमा गर्नैपर्ने बताए ।

‘नाकाको ७ किलोमिटरदेखि २१ किलोमिटरसम्मको दुरी प्रायः देशहरुले निषेधित क्षेत्रका रुपमा कायम राखेका हुन्छन्’ संग्रौला भन्छन्-‘यो क्षेत्रमा कुनै पनि राजनीतिक गतिविधिहरु वर्जित हुन्छन् । तर, अहिले नाकामा मात्र नभएर दशगजामै गएर प्रदर्शन गर्दा पनि दुबैतर्फका प्रहरी रमिते बनिरहेका छन् ।’

शव के गर्ने ?

वीरगञ्जमा मारिएका भारतीयको शव अहिले वीरगञ्जकै अस्पतालमा राखिएको छ । उक्त शव चुपचाप भारतलाई हस्तान्तरण नगर्न संग्रौलाको सुझाव छ । ‘उक्त शवलाई रातारात सुटुक्क परिवारको जिम्मा लगाउनुहुँदैन’ उनी भन्छन्- ‘ती व्यक्ति नेपाल प्रहरीमाथि आक्रमणमा संलग्न रहेकाले भारतलाई चुपचाप बझाउने प्रश्नै उठ्दैन ।’

ती व्यक्तिको विषयमा भारतले क्षमा याचनासहितको स्पष्टीकरण दिएपछि मात्रै परिवारलाई शव जिम्मा लगाउनुपर्ने उनको भनाइ छ । सीमाक्षेत्रमा आज पक्राउ परेका भारतीय नागरिकहरुमाथि प्रहरीले मुद्दा चलाउनुपर्ने संग्रौलाले सुझाव दिएका छन् ।

यो पनि पढ्नुस्

वीरगञ्जमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

वीरगञ्जमा तनाव बढ्दा ‘इण्डिया हाउस’ मा यस्तो चिन्ता

भारतले भन्योः वीरगञ्जमा ‘निर्दोष’ भारतीय मारिए

वीरगञ्ज नाकामा यसरी फस्यो नेपाल

सरकारसँगको वार्ता भङ्ग हुन सक्ने मधेसी मोर्चाको चेतावनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?