+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रहरीमाथि आन्दोलनकारीद्वारा पेट्रोल बम प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १७ गते १७:३५

Petrol-Bom

१७ कात्तिक, वीरगञ्ज । कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले वीरगञ्जका विभिन्न स्थानमा सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार गरेका छन् ।

पेट्रोल बम प्रहारमा परेर दुई सर्वसाधारणसमेत घाइते भएका छन् । थुप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।  घण्टाघर, माइस्थान, पानी ट्यांकीलगायतका क्षेत्रमा भएको झडपमा आन्दोलनकारीले पेट्रोल बम हानेका हुन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बमको वर्षा गरेको बताए । अनलाइनखबरसँग कुरा गर्दै प्रजिअ घिमिरले भने-‘पेट्रोल बमको वर्षा भएको छ, थप्रै सुरक्षाकर्मी घाइते भएका छन् ।’

आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गर्दै हानेको पेट्रोल बम लागेर सार्वसधारणसमेत घाइते भएका छन् । घाइते हुनेमा सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका भरत नेपाल र स्थानीय सञ्चारकर्मी विद्यार्थी गिरी छन् ।

Birgung-Protest

माइस्थान चोकमा आन्दोलनकारीले प्रहरीलाई लक्षित गरेर हानेको पेट्रोल बम उनीहरुलाई लागेको थियो । दुबैको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गस्तीमा रहेका सुरक्षाकर्मीहरुलाई लक्षित गरी आन्दोलनकारीले माइस्थान चोकमा हानेको पेट्रोल बम ना २१ प ९६४३ नम्बरको मोटरसाइकलमा सवार गिरीमाथि लागेको थियो ।

आन्दोलनकारीहरुले सिसाको बोटलमा पेट्रोल राखेर धागो हाल्ने र त्यसमा आगो लगाएर हान्ने गरेका छन् । उनीहरुले ढुंगामुढाका साथै गुलेलीबाट हानेका थिए ।

झडपका क्रममा प्रदर्शनकारीले हानेको ढुंगा लागेर प्रहरी हवल्दार भरोसी बैठा र प्रहरी जवान सागर श्रीवास्तव घाइते भएका छन् । घाइतेको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।

सोमबार भएको झडपमा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएपछि वीरगञ्जमा स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्यू जारी गरेको छ ।

Birgung-jhadap Birgung-Protest-1 Birgung-Protest-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?