२७ कात्तिक, काठमाडौं । यस वर्षको सुरुवातमा प्रेमिका इरिना सायकसँग छुटि्टएका रियल मडि्रडमका फुटबल स्टार क्रिष्टियानो रोनाल्डो सिंगल लाइफ विताइरहेका छन् ।
उनले आफू केही मानिसहरुलाई हेरिरहेको भन्दै नयाँ प्रेमिकासँग रोमान्स गरिरहेको संकेत दिएका छन् । एक टेलिभिवन शोमा उपस्थित रोनाल्डोलाई न्यू स्पेशल वानबारे सोधिएको थियो ।
रोनाल्डोले छोरा क्रिष्टियानो जुनियरको आमा को हुन् भन्ने खुलाउन चाहेनन् । समय आएपछि बताउने उनको जवाफ छ ।
रोनाल्डोले बालोन डि’ओरबारे पनि कुरा गरेका छन् । यस्तो उपाधि भोटमा भर पर्ने र यो यो पटक मेस्सीले जित्ने सम्भावना रहेको बताए ।
उनले भनेे-‘उनले च्याम्पियन्स लिग र ला लिगा जितेका छन् । व्यक्तिगत प्रदर्शन शायद मेरो राम्रो करियरकै राम्रो होला ।’
प्रतिक्रिया 4