+
+

भूकम्पबाट भत्केका स्कूल बनाउन टेक्सासमा पदयात्रा

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते ११:१४

Teksas

टेक्सास । नेपालका युवा को आयोजनामा आइतबार अमेरिकाको टेक्सासको ड्यालस शहरको अर्लिङ्ग्ट्नस्थित रिभर लिगेसी पार्क  मा Walk for Nepal को सम्पन्न भएको छ । उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विधार्थीहरु लगायत तीन सय ५० भन्दा बढी सर्वसाधारणको सहभागिता रहेको थियो ।

दिउसो ठिक १ बजे शुरु भएको उक्त कार्यक्रमको उदेश्य नेपाली डायस्पराहरुमा नेपालको समसामयिक गतिविधिहरुको बारेमा जानकारी गराउने तथा नेपालका भएको महाभूकम्पबाट भत्केका स्कूल बनाउन विभिन्न च्यारिटी संस्थाहरुलाई आर्थिक सहयोग जुटाउने रहेको थियो।

यो “Walk for Nepal” २०११ मा अमेरिकाको बोस्टन शहरबाट शुरु गरिएको थियो । यो Walk for Nepal  चौथो पटक ड्यालस मा आयोजना गरिएको हो।

कार्यक्रममा Walk का अलाबा लोकल ब्याण्ड तथा कलाकारहरुको प्रस्तुति, विभिन्न रमाइला खेलहरु प्रस्तुत गरिएको थियो

बिकासराज न्यौपानेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?