माइतीघरको प्रदर्शनमा सहभागी जेनजी आन्दोलनका घाइते । फाइल फोटो
२२ मंसिर, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले परिचयपत्र लिएका छन् ।
घाइतेहरुको वर्गीकरण गरी सरकारले उनीहरुलाई परिचयपत्र दिने व्यवस्था गरेको थियो । सोही अनुसार अहिलेसम्म ५३६ जनाले परिचयपत्र लिएको गृह मन्त्रालयले जनाएको छ ।
घाइतेको सूचीमा परेका धेरै व्यक्तिहरु अहिलेसम्म परिचयपत्र लिन नगएकाले परिचयपत्र लिन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
यसका साथै कोही कसैको परिचयपत्र बनाउन छुटेको भए पनिख सम्बन्धीत जिल्ला प्रशासन कार्यालयमा उपस्थित भएर आवश्यक विवरण पेश गर्न भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4