दीपकराज गिरी अहिलेका चर्चित हाँस्य कलाकार हुन् । हाँस्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ मार्फत् उनी राजनीतिक तथा सामाजिक ब्यङ्ग्य गरिरहेकै हुन्छन् ।
अनलाइनखबरले सुरु गरेको ‘म प्रधानमन्त्री भएँ भने’ भन्ने स्तम्भमा कुरा गर्दै दीपकले आफु प्रधानमन्त्री भएको खण्डमा महत्वपूर्ण मन्त्रालयमा आफ्नै प्रभाव राख्ने कुरा गरे । प्रधानमन्त्री भैहाले के गर्थे होलान् दीपकले ? हेरौ उनका केही योजना:
१. म प्रधानमन्त्री भएपछि सबै भन्दा पहिला दीपाजीलाई राष्ट्रपति बनाउँछु ।
२. मन्त्रीमण्डलमा चलचित्रका कलाकारलाई मात्रै राख्छु । त्यसमा पनि महत्वपूर्ण मन्त्रालयको जिम्मा आफ्ना खास मित्रहरुलाई दिन्छु । मन्त्रीहरुमा सकेसम्म विज्ञलाई बनाउँछु । भुवन केसीलाई महिला मन्त्रालय दिन्छु भने राजेश हमाललाई परराष्ट्र मन्त्रालयको जिम्मा लगाउँछु ।
३. प्रधानमन्त्री केपी शर्मा ओलीको ६ उप-प्रधानमन्त्रीलाई कायमै राख्छु । किनकी म आफै ६ अंक प्रेमी हुँ । मैले ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ बनाएँ । ओलीले छ उप-प्रधानमन्त्री बनाउनु भयो ।
४. दाउरा मन्त्रालय छुट्टै बनाउथें । त्यसको जिम्मा भने बन तस्करहरुलाई दिन्थें ।
५. द्रुत मार्ग मेरो अर्को महत्वपूर्ण योजना हुनेछ । अब नेपालमा गाडीको आवश्यकता पर्दैन । त्यसकारण घोडा र खच्चड हिडाउनका लागि साँघुरो बाटो भएपनि काम चल्छ, एकै वर्षमा मुलुकभरि द्रुत मार्ग बनाईदिन्छु ।
प्रतिक्रिया 4