+
+

मालीमा शान्ति रक्षकको शिविरमा रकेट आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १२ गते १८:३४

UN-Peace-Force-At-Mali

१२ मंसिर, काठमाडौं । मालीमा संयुक्त राष्ट्रसंघ शान्ति रक्षकको शिविरमा रकेट आक्रमण भएको छ । आक्रमणमा परी गिनीका दुई शान्ति रक्षक र एक आम नागरिक मारिएका छन् ।

मालीमा एक साता पहिले अमेरिकी लगानी रहेको होटलमा बन्धुकधारीहरुले आक्रमण गरेका थिए । जुन आक्रमणमा दुई बन्दुकधारीसहित २१ जनाको मृत्यु भएको थियो ।

२०१४ मा संयुक्त राष्ट्रसंघले मालीका लागि शान्ति अभियानलाई स्वीकृत गरेको थियो । त्यहाँ अहिले विभिन्न देशा १० हजार शान्ति सैनिक तैनाथ छन् ।

यो अभियानको केहीले भने आलोचना गरेका छन् । किनकी यसका लागि कुनै शान्ति वार्ता भएको थियो । हालैको दिनमा शान्ति अभियानमा सबैभन्दा धेरै मृत्यु मालीमा नै भएको छ, जहाँ ५६ जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?