+
+
Shares

विद्युतीय प्रविधिको ‘स्मार्ट लाइसेन्स’ वितरण सुरु

१४ मंसिर, काठमाडौं । सरकारले हस्तलिखित सवारी लाइसेन्सको सट्टा विद्युतीय प्रविधिको स्मार्टकार्ड वितरण सोमबारदेखि सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई स्मार्ट लाइसेन्स दिएर सेवाको सुरुवात गरे ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १४ गते १४:३०

Smart Licence Card (3)

१४ मंसिर, काठमाडौं । सरकारले हस्तलिखित सवारी लाइसेन्सको सट्टा विद्युतीय प्रविधिको स्मार्टकार्ड वितरण सोमबारदेखि सुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई स्मार्ट लाइसेन्स दिएर सेवाको सुरुवात गरे ।

सुरुमा वागमतीमा मात्रै वितरण

पहिलो चरणमा यातायात कार्यालय वागमतीमा मात्रै स्मार्ट कार्ड वितरण सुरु गरिने यातायात व्यवस्था विभागका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिए । ‘विस्तारै देशभर स्मार्ट लाइसेन्स कार्ड वितरण हुन्छ, वागमतीबाट सुरुवात गरेका छौं,’ अधिकारीले भने ।

अबदेखि हस्तलिखित सबै लाइसेन्सलाई स्मार्ट कार्डले विस्थापित गरिने छ । विद्युतीय लाइसेन्स कार्ड बैंकको एटिएम जस्तै हुन्छ, जसमा लाइसेन्समा उल्लेख गरिएका सबै विवरण राखिन्छन् । त्यसलाई पढ्न भने विशेष प्रकारको मेसिन आवश्यक पर्छ । स्मार्ट कार्ड बनेपछि नक्कली लाइसेन्स बन्ने, हराउने, चोरिने लगायतका समस्या नरहने विभागको दाबी छ ।

Smart Licence Card

६ दिन लाइसेन्स वितरण बन्द

देशभर करिब २० लाख सवारी लाइसेन्स रहेको अनुमान छ । स्मार्ट लाइसेन्स वितरणका लागि एसियाली विकास बैंकले करिब १५ करोड रुपैयाँ नेपाल सरकारलाई सहयोग गरेको छ । स्मार्ट लाइसेन्स भारतको मद्रास पि्रन्टर्सबाट छापिएर आउँछ ।

वागमती अञ्चल कार्यालयमा नयाँ स्मार्ट लाइसेन्सको सफ्टवेयर अपग्रेड गर्नुपर्ने र डाटा ट्रान्सफर गर्नुपर्ने भएकाले कम्तिमा ६ दिन लाइसेन्स वितरणको काम बन्द हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

अनलाइनबाट फारम भर्ने मिल्ने भएकाले सेवाग्राहीलाई लामो समयसम्म लाममा बस्नुपर्ने झण्झट पनि नहुने विभागको विश्वास छ । अब सवारी दर्तालाई पनि अनलाइन सिस्टममा लैजाने प्रवक्ता अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?