हालै गरिएको एक अध्ययन अनुसार प्रौढ महिलाहरुमा टेस्टोस्टेरोन तथा एस्ट्रोजेन हर्मोनकेा मात्रा बढि भएमा पाठेघरको क्यान्सरको खतरा बढ्ने देखिएको छ ।
अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार ४० देखि ५० वर्ष उमेर समूहका महिलामा हर्मोनको उच्च मात्राले पाठेघर क्यान्सरको खतरामा वृद्धि गर्दछ ।
शोधकर्ता जेसन वाइवाइ वांगका अनुसार ५० वर्षको आसपासका महिलामध्ये हरेक ४ मा ३ जना महिलामा पाठेघरमा ट्युमर विकाश हुन थाल्दछ ।
गर्भाशयमा हुने क्यान्सरका कारण अनियमित रक्तश्राव वा महिनावारी, बाँझोपन, पटक पटकको गर्भपात तथा प्रजनन सम्बन्धि अन्य समस्या पनि देखा पर्दछन् ।
स्टडी अफ वुमन्स हेल्थ अराउण्ड दी नेसन नाम अध्ययनमा भाग लिएका ३२४० जना महिलामा वैज्ञानिकहरले १३ वर्षसम्म अध्ययन गरी यो निष्कर्ष निकालेको बताइएको छ ।
अध्ययनका क्रममा पत्ता लागेको छ की जुन महिलाहरुमा टेस्टोस्टेरोनको अधिक मात्रा हुन्छ उनीहरुमा पाठेघरमा ट्युमर पलाउने सम्भावना बढि हुन्छ र यो खतरा कम टेस्टेस्टोरन हुने महिलामा कम हुन्छ ।
शोधकर्ता वांगका अनुसार महिनावारीका बेला संक्रमणको समस्याबाट गुजि्ररहेका महिलाहरुमा उपरोक्त हर्मोनको मात्रा बढि हुँदा पाठेघरको क्यान्सरको खतरालाई बढाइदिन्छ ।
यो सम्बन्धी शोध जर्नल अफ क्लिनिकल एन्डोक्राइनोलोजी एण्ड मेजाबलिज्ममा छापिएको छ ।
प्रतिक्रिया 4