रामप्रसाद ढुंगेल
२० चैत, काठमाडाैं । वैदेशिक रोजगारीमा कतार गएका केही युवाहरुले आफ्नो गाउँको विकास तथा सुरक्षाका लागि अभियान चलाएका छन् ।
झापाको दक्षिणी भागमा पर्ने शिवगन्ज गाविसको तत्कालीन ३ नम्बर वडामा पर्ने हल्दारचोकबाट विदेशिएका केही युवाहरु आफ्नो गाउँमा पर्न सक्ने सम्भावित दुर्घटनाबाट सजग बन्न उदाहरण पेस गरेका छन् ।
शैक्षिक र सामाजिक रुपमा सुनाम कमाए पनि अपनेक्षित रुपमा नगरपालिका घोषणा भएको शिवगन्ज र सतासीधाम गाविस मिलाएर शिव सताक्षी नगरपालिका घोषणा भएको छ । तर नगरपालिका घोषणा भए पनि आफ्नो गाउँठाउँको विकासका लागि नगरपालिकाको बाटो नहेरी सोही स्थानका करिब २० युवाहरुले एउटा उदाहरण पेस गरेका छन् ।
कन्काई सिचाई आयोजनाको नहरको कल्भर्टमा सुरक्षा व्यवस्था नहुँदा नहरमा बालबालिका तथा पैदल यात्रु खसेर दुर्घटनामा आएको बृद्धिलाई रोक्नको लागि विदेशमा रहेका युवाहरुले सक्रियता देखाएका हुन् । उनीहरुले उक्त स्थानमा तार जाली बार्नको लागि नगद संकलन गरेका छन् ।
कतारमा रहेका सोही स्थानका विजय आङ्दाङ्वे, नेत्र बोहोरा, मनोज गुरागाई, डिल्लीराम काफ्ले, खेमनाथ न्यौपाने, तेजेन्द्र बुढाथोकीलगायतका २४ जना यूवाहरुले आर्थिक सहयोग गरेका छन् ।
दुई चरण गरेर उनीहरुले उक्त कल्भर्टवरिपरि रेलिङ बनाउन करिब १ लाख २५ हजारभन्दा बढी आर्थिक सहयोग गरेका छन् । स्थानयि स्तरमा केही रकम समेत जुटेको र नेपालमै सहयोग पाइएको उक्त अभियानकी संयोजक अम्बिका राईले बताएकी छिन् ।
कल्भर्टवरिपरि रेलिङ लगाउने काम भए पनि फिनिसिङका रुपमा केही बाँकी रहेको कतारबाट अभियन्ता नेत्र बोहोराले बताएका छन् । काम सम्पन्न गर्न करिब ७५ हजार रुपैयाँ सहयोग गर्न बाँकी रहेको जानकारी दिँदै यूएई, साउदी, इजरायलमा रहेका सोही स्थानका प्रवासी नेपालीहरुमा अनुरोध गरेका छन् । त्यसो त कतारबाटै अझै रकम संकलन भइरहेको पनि बताइएको छ । तर रकम अभावका कारण उनीहरुको सपना पूरा हुन बाँकी छ ।
सो अभियानलाई यूएईबाट मात्रिका गुरागाई, बलराम अर्याल, विकास आचार्य, रविन खनाल र इजरायलबाट मीरा थापा लगायतले सहयोग गर्ने जानकारी दिएका छन् । सिङका रुपमा केही बाँकी रहेको कतारबाट अभियन्ता नेत्र बोहोराले बताएका छन् । काम सम्पन्न गर्न करिब ७५ हजार रुपैयाँ सहयोग गर्न बाँकी रहेको जानकारी दिँदै यूएई, साउदी, इजरायलमा रहेका सोही स्थानका प्रवासी नेपालीहरुमा अनुरोध गरेका छन् । त्यसो त कतारबाटै अझै रकम संकलन भइरहेको पनि बताइएको छ । तर रकम अभावका कारण उनीहरुको सपना पूरा हुन बाँकी छ ।
सो अभियानलाई यूएईबाट मात्रिका गुरागाई, बलराम अर्याल, विकास आचार्य, रविन खनाल र इजरायलबाट मीरा थापा लगायतले सहयोग गर्ने जानकारी दिएका छन् ।
प्रतिक्रिया 4