+
+
Shares

२०७२ मा मारिएका पशुपंक्षीलाई दिइयो श्रद्धाञ्जली

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १ गते ८:५१

veggie10

१ वैशाख, काठमाडों ।   २०७२ सालमा मारिएका सवै प्राणीहरुको नाममा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।

राजधानीको रत्नपार्कस्थित  रानीपोखरीको गणेश मन्दिर अगाडि मंगलबार बेलुका कार्यक्रमको आयोजना गरिएको हो ।
श्रद्धाञ्जलीसभामा उपस्थितहरुले  मैनवत्ती बालेर श्रद्धाञ्जली दिएका थिए ।

२०७२ सालमा  मारिएका पशुपंक्षी र मानवहरु समेतको आत्माको मुक्तिका लागि कार्यक्रम गरिएको आयोजकले जानकारी दिएका छन् ।

नेपाल शाकाहारी संघले आयोजना गरेको कार्यक्रममा हिन्दु बटुकहरुले वैदिक मन्त्र तथा बौद्ध गुरुहरुले शान्तिमन्त्र वाचन गरेका थिए । शाकाहारी संघले कालगति र अकालमै मरेका प्राणीहरुप्रति गत सालदेखि श्रद्धांजली कार्यक्रम गर्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?