+
+

पोखरामा यसरी गरियो नयाँ वर्षको स्वागत (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १ गते १२:३५

New year party 2073 (2)१ वैशाख, पोखरा । पर्यटकीय शहर पोखरामा बिभिन्न कार्यक्रमसहित नयाँ वर्षको स्वागत गरिएको छ । नयाँ वर्षको स्वागतका लागि लेकसाइडमा ठूलो भीड लागेको थियो । गएको वर्षभरी भूकम्प र नाकाबन्दीले उकुसमुकुस भएका नेपालीले सुखद भविश्यको कामनासहित नयाँ वर्षको स्वागत गरे ।

नयाँ वर्षको स्वागतका लागि पोखरामा मेला लागेको थियो । त्यसो त हरेक बर्ष यस्तै हुने गर्नछ । नयाँबर्षको पूर्वसन्ध्यामा आन्तरिक तथा बाहृय पर्यटकको व्यापक चहलपहल देखिएको थियो । नयाँ वर्षको अवसर पारेर पश्चिमाञ्चल होटल संघ पोखराले फेवा महोत्सव गरिरहेको छ । महोत्सवको सांगितिक कार्यक्रममा राती १ बजेसम्म सर्वसाधरणको भीड थियो ।

New year party 2073 (15)राती १२ बजे बसुन्धरा पार्कमा भिलिमिली आतिसवाजी गर्दै नयाँ वर्षको स्वागत गरियो । होटल, रेष्टुरेन्ट, डान्स तथा दोहोरी साँझ नयाँ वर्षको स्वागत गर्नेहरुले भरिएका थिए । कतिपय होटलहरुले सांगीतिक कार्यक्रम समेत आयोजना गरेका थिए ।

पोखराको बसुन्धरा पार्कदेखि हलनचोकसम्मको करिव एक किलोमिटर सडकमा नयाँ वर्ष मनाउनेको बाक्लो भिड थियो । बसुन्धरा पार्कमा सांगितिक कार्यक्रम आयोजना गरिएको थियो ।

नयाँ वर्षकै कारण वर्षभरी सुनसान बनेको पोखरामा चहलपहल बढेको छ । नयाँ वर्षको विहान यहाँका प्रमुख गन्तव्यहरु भरिभराउ देखिएका छन् । खासगरी फेवाताल किनारमा बढी भीडभाड देखिएको छ ।

New year party 2073 (14)

New year party 2073 (17)

New year party 2073 (18)

New year party 2073 (1)

New year party 2073 (3)

New year party 2073 (9)

New year party 2073 (12)

New year party 2073 (13)

तस्वीर : उमेश पुन/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?