Comments Add Comment

फोटो पत्रकार विनोद जोशी सम्मानित

Binod-Joshi,-Photo-Journalist

१३ वैशाख, काठमाडौं । फोटो पत्रकारितामा लामो समय योगदान पुर्‍याएबापत फोटो पत्रकार क्लबले वरिष्ठ फोटो पत्रकार विनोद जोशीलाई सम्मान गरेको छ ।

फोटो पत्रकारिता दिवसका अवसरमा आज क्लबद्वारा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

नेपालमा विसं १९८४ वैशाख १३ गते ‘गोरखापत्र’मा पहिलो पटक समाचारमूलक तस्बिर छापिएको दिनलाई फोटो पत्रकारिता दिवसका रुपमा मनाउने गरिएको छ ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री राईले फोटो पत्रकारले देशमा परिर्वतनका विभिन्न ऐतिहासिक घटना क्रममा आफ्नो ज्यान नै जोखिम राखी जिम्मेवारी पूरा गरेको भन्दै सराहना गरे । ‘सरकार फोटो पत्रकारका समस्या र चुनौतीलाई समाधान गर्न तयार छ, तपाईंहरु छलफलमा आउनुहोस्,’ उनले भने ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकारिता अवसर र चुनौती दुवै भएकाले अवसरलाई हासिल गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

सम्मानित व्यक्तित्व जोशीले फोटो पत्रकारितालाई संस्थागत गर्नुपर्नेमा जोड दिए । क्लबका अध्यक्ष विकास कार्कीले क्लबले छिट्टै पाँचौँ संस्करणको नेपाल फोटो प्रतियोगिता गरिने जानकारी दिए ।

सो अवसरमा २०६९ सालमा आयोजित नेपाल फोटो प्रतियोगितामा समावेश भएकामध्ये उत्कृष्ट १५० फोटो समावेश गरी निकालिएको पुस्तक सार्वजनिक गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment