२२ वैशाख, काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् ।
प्रधानसेनापति क्षत्रीले राजनीतिक बिभागका उपमहासचिव जेफरी फेल्टम्यान, फिल्ड सपोर्ट बिभागका उपमहासचिव अतुल खारे, पिस किपिङ अपरेसन बिभागका सहमहासचिव दिमित्री टिटोभसँग छुट्टा छुट्टै भेटवार्ता गरेका छन् ।
त्यस्तै उनले न्युयोर्कस्थित नेपालका स्थायी नियोग प्रतिनिधि तथा राजदूत दुर्गाप्रसाद भट्टराई लगायतका पदाधिकारीहरुसंग भेटवार्ता र अन्तरक्रिया पनि गरे ।
१० दिने अमेरिका भ्रमण सकेर प्रधानसेनापति क्षत्री बिहीबार स्वदेश फर्किँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4