+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रचण्डले कांग्रेसलाई धोका दिए, ओली सरकार जोगियो

स्थानीय चुनावसम्म एमाले र एमाओवादीबीच सहकार्य हुने

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २३ गते १५:३४
Prachanda_4
२३ वैशाख, काठमाडौं । आफ्नै नेतृत्वमा सरकार गठन गर्न अपिल गरेको चौबीस घण्टा नबित्दै एमाओवादी अध्यक्ष प्रचण्ड यूटर्न भएका छन् । नयाँ सरकारबारे छलफल गर्न लाजिम्पाट पुगेको कांग्रेस नेताको टोलि बिहीबार बिहान ‘प्रचण्डले धोका दिए’ भन्दै फिर्ता भएको छ ।
प्रचण्डसँग छलफल गर्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको टोलीका सदस्य विमलेन्द्र निधिले बाहिर निस्किएर फोन गर्दै भने, ‘हामीलाई प्रचण्डले धोका दिए ।’
प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच गोप्य समझदारी भएपछि प्रचण्डले कांग्रेस नेताहरुलाई जिल्ल पारेका हुन् । स्रोतका अनुसार सरकारलाई नीति तथा कार्यक्रम ल्याउन दिने र स्थानीय चुनावसम्म एमाले-एमाओवादी सहकार्य गरेर अघि बढ्ने प्रचण्डले एमाले नेतालाई बचन दिएका छन् ।
आजै एमाले र एमाओवादीबीच दुई पक्षीय छलफल हुने र लिखित सहमतिसमेत हुने एमाओवादीका एक नेताले अनलाइनखबरलाई बताए ।
आफ्नो पूर्वअडानबाट प्रचण्ड पछि हटेपछि ओली सरकारमाथि आइलागेको संकट तत्कालका लागि टरेको छ ।
तर, यो प्रकरणपछि एमाओवादी सार्बजनिकरुपमा आलोचित बनेको छ भने पार्टी भित्र पनि अन्तरविरोध चर्किएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?