Comments Add Comment

अनौठो सौन्दर्य प्रतियोगिताः जब गाईहरु र्‍यापमा उत्रिए…

cowहामीकहाँ अनेक जाति, वर्ग तथा उमेरका मानिसको मात्र होइन कुकुर सम्मको सौन्दर्य प्रतियोगिता हुने गरेको देखिएको सुनिएको छ । तर भारतमा भने गाइको समेत सौन्दर्य प्रतियोगिता गरिएको छ ।

भारतीय नश्लका गाइका संरक्षण तथा स्थानीय नश्लको प्रवर्धन गर्ने भन्दै भारतको हरियाणा सरकारले नै गाइको सौन्दर्य प्रतियोगिताको आयोजना गरेको हो ।

हरियाणाको रोहतकमा स्वदेशी गौवंश सौन्दर्य प्रतियोगिताको आयोजना गरिएको छ । शुक्रबार र शनिवार गरी दुइ दिनसम्म चलेको प्रतियोगिता अन्तरगत शनिवार ७ मे मा गाइको फेसन शो को आयोजना गरियो । जसमा केही गाइहरुलाई र्याम्पमा उतारियो ।

कार्यक्रममा हरियाणाका विभिन्न क्षेत्रबाट गरी ६ सय गाइ सहभागी थिए । सौन्दर्य प्रतियोगितामा हरियाणा, साहीवाल, राठी, गिर, थारपारकर लगायतका नश्लका गाइ सहभागी भए ।

सौन्दर्य प्रतियोगितामा ५० जवान साँढे सहित ४० बाच्छा बाच्छी, ४० कोरली गाइ तथा १ सय वटा जति दुध दिन छाडेका गाइ समेत सामेल थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment