२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार म्यादी नै भए पनि कुनै पनि संकटमा नरहेको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारलाई म्यादी भन्दै आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीले प्रजातन्त्रमा सबै सरकार म्यादी हुने प्रष्ट पारे ।
बुधबार विदेशी कुटनीतिज्ञहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘प्रजातन्त्रमा सबै सरकार म्यादी हुन्छन् । आवधिक निर्वाचन गर्नुपर्छ । म्यादी हुनुको यो होइन कि सरकार संकटमा छ ।’
प्रधानमन्त्री ओलीले अहिलेको संसदको अवधि २०१८ को फेब्रुअरीसम्म हो भन्दै त्यसअघि नै चुनाव गर्नुपर्ने र संक्रमणकाल अन्त्य गर्नुपर्ने सरकारको दायीत्व भएको प्रष्ट्याए ।
उनले अन्तराष्ट्रिय समुदायलाई नेपालको बस्तुगत स्थिति र संवेदनशीलतालाई बुझिदिन आग्रह पनि गरे ।
मधेस केन्दि्रत दललगायतका असन्तुष्ट पक्षलाई सरकारले वार्तामा बोलाएको ओलीले जानकारी गराए । उनले उनीहरुको जायज माग मात्र सम्बोधन गर्ने प्रष्ट पारे ।
आफूहरुसँग भूकम्पको पूर्वतयारी नभएकाले अकल्पनीय क्षति व्यहोर्नु परेको भन्दै ओलीले पुनर्निर्माणमा तिव्रता दिने काम भइरहेको पनि बताए ।
यो पनि पढ्नुस्
प्रतिक्रिया 4