+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

आठ सय उद्योग खारेज

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३० गते ६:३६

३० वैशाख, काठमाडौं । उद्योग दर्ता गरेर १० वर्षसम्म नवीकरण नगरी सञ्चालनमा रहेका र सञ्चालन नगरी निस्क्रिय रहेका इलामका आठ सय ३४ वटा घरेलु उद्योग खारेजीमा परेका छन् ।

working atएक लाख रुपैयाँदेखि २० लाखसम्म लगानीमा स्थापना गरिएका निजी घरेलु उद्योग खारेजीमा परेका आजको अन्नपूर्णमा समाचार छ ।

घरेलु तथा साना उद्योग विकास समिति इलामका उद्योग अधिकृत नवराज पाठकका अनुसार उद्योग स्थापना गरेर नवीकरण नगरी करिब १० वर्ष निष्किृय बसेका सात सय ५४ वटा भरेलु उद्योग विभाग र ८० वटा उद्योग घरेलु जिल्ला कार्यालयले नै प्रकृया पुर्‍याएर खारेज गरेको हो ।

कार्यालयका अनुसार हाते चिया, अलैँची, पशुपालन सिलाइ कटाई, राइस मिल, निर्माण सेवालगायतका उद्योग बढीमात्रामा खारेजीमा परेका हुन् । जिल्लामा हालसम्म दुईल हजार नौ सय २१ वटा घरेलु उद्योग दर्ता भएकोमा दुई हजार ८६ वटा सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?