+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नापी कार्यालयभित्रै बिचैलियाको बिगबिगी

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ११ गते ५:५९
मालपोत कार्यालयको फाइल तस्वीर
फाइल तस्वीर

११ जेठ, काठमाडौं । झापा भद्रपुरमा रहेको नापी कार्यालय पैसा नखुवाई सर्वसाधारणको काम नहुने गरेको भेटिएको छ।

कार्यालयमा पैसा लिएर मात्रै काम गर्ने विचैलिया रहेके पाइएको आजको अन्नपूर्णमा समाचार छ । कार्यलय व्यवस्थापन कमजोर हुँदा  सम्पूर्ण काम कार्वाही अस्तव्यस्त छ भने सर्वसाधारणबाट पैसा लिएर काम गरिदिने बिचौलियाको हालिमुहाली छ।

भद्रपुर नापी कार्यालयमा मात्र ६ जना बिचौलिया छन्।बिहान कार्यालय खुलेपछि उनीहरुको काम सेवाग्राहीलाई पर्खने र पैसा असुलेर काम गरिदिने हो।

बिचौलियालाई कार्यालयका सबै फाँट भित्रै पुगेर नक्सा निकालेर सेवाग्राहीको नक्सा बनाउन लगाउनेसम्मको पहुँच छ।बिचौलियाले सम्पूर्ण अधिकार लिँदा समेत कर्मचारी उनीहरुको प्रतिकार गर्दैनन्। जग्गाको नक्सा सेवाग्राहीले खोज्न लगाउँदा कर्मचारीले भेट्दैनन्।तर, बिचौलियाले निक्सा सहजै भेट्छन्।कर्मचारी सुस्त हुँदा बिचौलिया कर्मचारी जस्ता देखिन्छन्।

दिनहुँ नापी कार्यलयमा बिचौलियाले कब्जा जमाउँदा कर्मचारी तथा कार्यालयका जिम्मेवार अधिकृत केही बोल्दैनन्।अधिकृत र कर्मचारीको मौनताले  नापी कार्यलयमा आर्थिक लेनदेन भइरहेको आशंका सर्वसाधारणको छ।

गत बिहीबार सेवाग्राही बनेर बिहान १० बजे पुग्दा बिचौलियाले ‘तपाईंको पनि नक्सा निकाल्नु छ ? खोइ धनीपुर्जा मलाई दिनुहोस’ भन्दै रोके।

सँगै रहेका एकजना सेवाग्राहीले पनि पैसा दिए काम छिटो हुने सुझाव दिए। उनले भने, ‘तपाईं बाहिर चुरोट पिएर बस्नुहोस्, नक्सा तपाईंको हात आउँछ।मैले पनि अढाई सय दिएर निकाल्न लाएँ।’ बिचौलीया मार्फत पैसाको लेनदेन कर्मचारीका आँखा अघि नै हुने गरेको छ।कार्यालयको काम बिचौलियामार्फत गए चाँडो हुने गर्छ ।

झापा बिर्तामोडका पप्पु साहले पनि सोही दिन तीनसय रुपैयाँ तिरेर जग्गाको नक्सा निकाल्न लगाएका रहेछन्।उनले पनि पैसा नखुवाई कुनै काम नहुने बताए ।

साहले भने, ‘काम छिटो गराउनका लागि घुस नखुवाई पार लाग्दैन।पैसा खुवाउने रहर त कसलाई हुन्छ र ।’ निमित्त कार्यालय प्रमुख भीषण चौधरीले कार्यालयमा कति बिचौलिया छन् भन्ने थाहा नभएको प्रतिक्रिया दिए।उनले भने, ‘म सबै ठाउँमा पुग्न सक्दिन।मलाई यो बिषयमा थाह छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?