+
+

बरिष्ठ संगीतकार गुरूङको स्वास्थ्य स्थिर, प्रधानमन्त्री र मन्त्रीहरू ग्रान्डी अस्पताल पुगे

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ २३ गते १९:०७
KP-oli-Grandi-ma
ग्राण्डी अस्पतालमा संगीतकार अम्बर गुरुङकी श्रीमती बिना र जेठा छोरा किशोरसँग प्रधानमन्त्री

२३ जेठ, काठमाडाैं । ग्राण्डी अस्पतालमा उपचाररत नेपाली राष्ट्रिय गानका संगीतकार तथा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति अम्वर गुरुङको स्वास्थ्यस्थिति बुझ्न  प्रधानमन्त्री केपी शर्मा अोलीसिहतका एमाले नेताहरू ग्राण्डी अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालमा वरिष्ठ संगीतकार अम्बर, उनका परिवारजन तथा उपचारमा संलग्न चिकित्सकहरुसँग स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

यसअघि आजै सूचना तथा सञ्चारमन्त्री शेरधन राई, एमाले नेता प्रदीप ज्ञवाली लगायतले पनि पनि अस्पताल पुगेर गुरूङको स्वास्थ्य अवस्था बुझेका थिए ।

अन्न नलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एकसातादेखि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत छन् ।

खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार अस्पताल ल्याइएको थियो । उनलाई एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव (युजिआई ब्लिडिङ) पार्किन्सोनिज्म, उच्च रक्तचाप तथा मधुमेहको उपचारकालागि भर्ना गरिएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिए ।

उनको उपचारमा ग्रान्डी अस्पतालका क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा कन्सल्ट्यान्ट फिजिसियन इन्टरनल मेडिसिन, पल्मोनोलोजी तथा क्रिटिकल केयर प्रा.डा. अर्जुन कार्कीको टिम सँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. बिबेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा. राजु पौडेल लगायतका डाक्टरहरु संलग्न छन् । हाल सघन उपचार कक्षमा राखिएका गुरुङको स्वास्थ्य गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?