+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विपन्नलाई ऋण नदिएको भन्दै हिमालयन बैंकलाई १ करोड जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १२ गते ६:१०

१२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको अनुपातमा विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै हिमालयन बैंकलाई १ करोड १५ लाख ६६१ रूपैयाँ जरिवाना गरेको छ ।

himalayan-bankचालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा सीमा अनुसार नभएको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई जरिवाना गरेको हो ।

राष्ट्र बैंकले पहिलो त्रैमासिकमा ५६ लाख ८१ हजार ८३५ रुपैयाँ र दोस्रो त्रैमासिकमा ५८ लाख ४४ हजार ५२७ रुपैयाँ जरिवाना तिराएको छ । विपन्न वर्ग कर्जा नपुगेको भन्दै ठूलो रकम जरिवाना गरिएको यो पहिलो भएको आजको कारोबार दैनिकमा समाचार छ ।

राष्ट्र बैंकको एकिकृत निर्देशन २०७२ अनुसार बैंकहरुले आफ्नो कुल कर्जा सापटको न्यूनतम ५ प्रतिशत विपन्न वर्गमा कर्जा लगानी गर्नुपर्छ ।  हिमालले यस अवधीमा ५६ अर्ब ८० करोड १२ लाख कुल कर्जा लगानी गरेको छ ।

विपन्न वर्गको सूचीमा न्यून आय भएकार र माजिकरुपमा पिछडिएका महिला, जनजाति, दलित, दृष्टिबिहिन तथा सुस्त श्रवण भएका तथा शारीरिकरुपले अशक्त, सीमान्तकृत, साना किसान लगायतलाई समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?