१३ असार, काठमाडौं । नेपाल सरकार अन्तरगतको नेपाल पारवाहन तथा गोदाम व्यवस्थापन लिमिटेडमा विभिन्न पदमा जागिर खुलेको छ । ५ प्रशासकीय अधिृकत र ४ लेखा अधिकृतसहित ३५ पदमा दरखास्त खुलेको हो ।
कम्पनीले आज एक विज्ञापन प्रकाशित गर्दै ६/६ जना प्रशासन तथा लेखा बरिष्ठ सहायकका लागि पनि दरखास्त मागेको छ । यसैगरी २ जना कम्प्युटर अधिकृत र २ जना कम्प्युटर सहायक पनि मागिएको छ । १० वटा प्रशासन सह-सहायक पनि जागिर खुलेको छ ।
दरखास्त दिने म्याद अबको ३० दिनलाई तोकिएको छ । कम्पनीले लोकसेवा आयोगसँग स्वीकृत लिएर विज्ञापन गरेको जनाएको छ । परीक्षाको मिति पनि सूचनामै तोकिएको छ ।
विज्ञापन हेर्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4